Trending
युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित युएस खबर संवाददाताधनुषाधाम–१ को अध्यक्षमा माओवादीका केवट विजयी युएस खबर संवाददाताडालसमा तिन नेपाली संस्थाको रक्तदान कार्यक्रम, एकैदिन ११० जनाले गरे रक्तदान युएस खबर संवाददातातेघरी ब्यारेक कैलालीमा सेनाले शुरू गर्यो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम युएस खबर संवाददातानेपाल प्रहरीका ८ एसएसपी डीआईजीमा सिफारिस युएस खबर संवाददाताडालसमा आज कबवेभको लाईभ कन्सर्ट

“मिस एण्ड मिसेस ईण्डिजिनियस-२०२१ सिजन-२” को अडिसन सम्पन्न

काठमाडौँ – एस के ईन्टरटेनमेन्टको प्रस्तुतिमा आयोजना हुनगईरहेको मिस एण्ड मिसेस ईण्डिजिनियस-२०२१ सिजन-२ को अडिसन सम्पन्न भएको छ । राजधानीमा सम्पन्न अडिसनमा काठमाडौं भित्र तथा काठमाडौं बाहिरबाट ३७ जना प्रतियोगीहरुको उपस्थिती थियो ।

आदिबासी जनजाति समुदायका अबिबाहित र बिवाहित महिलाहरुको कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा नायिका रेजिना उप्रेती, चिनीमाया गुरुङ, पुजा गुरुङ, आकृति गुरुङ, सुशिला तामाङ, उमा खड्का, चेसाङ तामाङ, एलिशा गुरुङ र रोजिन शाक्य निर्णायक मण्डलको उपस्थितीमा अडिसन सम्पन्न भएको थियो ।

आदिबासी जनजाति बिवाहित तथा अबिबाहित महिलाहरुमा क्षमता भएर पनि सधै पछि परेका तथा आफुलाई एक्सपोज गर्न डराईरहेका महिलाहरुलाई लक्षित गर्दै उनीहरुको क्षमतालाइ अभिबृदी गरी समाजमा सकारात्मक संदेश फैलाउने उद्देश्यले यस प्रतियोगिताको आयोजना गरिएको जानकारी शान्ता तामाङ लामाले गराईन। प्रतियोगिताका लागि छनौट हुनेलाई पच्चीस दिन लामो विशेष प्रशिक्षण प्रदान गरिने छ । जसमा नेपालका ख्याति प्राप्त ट्रेनर, तथा अन्तराष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य लगायत वरिष्ठ विज्ञहरु बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको क्लास,आत्मविश्वास अभिवृद्धि गराउने क्लास, मोटिभेसनल क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विविध विषयमा प्रशिक्षण प्रदान गरिने छ ।

प्रतियोगिताको अडिसनका लागि नेपाल अधिराज्यभरबाट आदिबासी जनजाति समुदायका बिवाहित र अबिबाहित महिलाहरुका लागि आवेदन फाराम खुल्ला गरिएको र बिबिध कारणबस अडिसनमा आउन पाउनु नभएकाहरुले फर्म भरेर कार्यालयमा अडिसनमा आउन सकिने संस्थाका प्रबन्ध निर्देशक शान्ता तामाङ लामाले जानकारी दिईन । उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन । प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ विशेष प्रशिक्षण नेपालका ख्यातिप्राप्त कोरियोग्राफर रोजिन शाक्यले दिनेछन ।

TOP