Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

गायिका अन्जु श्रेष्ठको ‘नहेरन त्यसरी कान्छा’ बोलको गीत सार्वजनिक ( भिडियो सहित )

काठमाण्डौं । गायिका अन्जु श्रेष्ठको स्वरमा नयाँ गीत ‘नहेरन त्यसरी कान्छा’ सार्वजनिक भएको छ । कवि प्रज्वल अधिकारीको शब्द रचना र दिप घतानीको संगीतमा तयार भएको गीत अन्जु श्रेष्ठको आधिकारीक युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो । उत्तम श्रेष्ठको निर्देशनमा निर्माण भएको गीतको भिडियोमा राजु श्रेष्ठ, रोहनी लामा र जशोदा सुब्बाले उत्कृष्ट अभिनय रहेको छ ।

राहुल बराइलीको नृत्य निर्देशन, ज्ञानेन्द्र हुमागाईको उत्कृष्ट छायाङ्कनमा तयार भएको भिडियोलाई मिन रावलले सम्पादन गरेका हुन् । फर्पिङको रमणीय स्थलमा खिचिएको गीतमा पूर्वेली भाका, नेपाली संस्कृती झल्किने पहिरन र शब्दको उत्कृष्ट संयोजन गरीएको छ ।

यसअघि दर्जनौं गीतमा आफ्नो आवाज दिइसकेकी श्रेष्ठले ढाका टोपी, आँखा बन्द, नहेरे झैं गर्ने लगायतका गीत र सिउँदोमा सिँदुर, रंगीयो तीजले, भेलबेटको चोली, पिरती लगाएको बर्ष लगायतको तीजको गीतहरुमा अभिनय सहित आवाज भरेकी छिन् । अभिनय र गायन सँगै गीत लेखनमा पनि सक्रिय श्रेष्ठको अन्य गीतहरु पनि बजारमा आउने तयारीमा रहेको छ ।

TOP