काठमाडौंको वल्र्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल बोर्ड महानगरले हटायो
काठमाडौंको वल्र्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल बोर्ड बन्द गरिएको छ । वल्र्ड ट्रेड सेन्टरमा नियम विपरीत हुनेगरी राखिएको डिजिटल बोर्ड काठमाण्डौ महानगरपालिकाले बिहीवार हटाएको हो ।
निकै ठूलो र चम्किलो डिजिटल बोर्डका कारण चालकको ध्यान मोडिएर दुघर्टनाको जोखिम भएको भन्दै पटक–पटक आएको जन गुनासोलाई ध्यानमा राखी बोर्ड हटाईएको हो ।
यसअघि पनि बोर्ड हटाउन निर्देशन दिएको महानगरले १६ सय स्क्वायर फिटको त्रिपुरेश्वरको बोर्ड हटाउन निर्देशन दिंदै आएको थियो ।
सञ्चालकले अटेरी गर्दै बोर्ड नहटाएपछि विहिबार महानगरले बोर्ड हटाएको हो ।