स्विडेनका प्रधानमन्त्रीद्वारा पार्टीका सबै नेतृत्वबाट अलग हुने घोषणा
विश्वासको मत गुमाएका स्विडेनका प्रधानमन्त्री स्टेफन लोफभेनले पार्टी नेतृत्वबाट पनि आफु अलग रहने घोषणा गरेका छन् । देशको तल्लो सदनमा भएको मतदानमा विश्वासको मत प्राप्त गर्न नसकेपछि सोसल डेमोक्र्याट पार्टीको अध्यक्ष समेत रहेका प्रधानमन्त्री लोफभेनले पार्टी नेतृत्वबाट समेत बिदा लिने घोषणा गरेका हुन् ।
झन्डै १० वर्षदेखि पार्टी अध्यक्ष र सात वर्ष प्रधानमन्त्री भइसकेका प्रधानमन्त्री लोफभेनले आगामी नोभेम्बरमा आफूले पार्टीको नेतृत्वदायी भूमिकाबाट अलग हुने घोषणा गरेका छन् । झण्डै दुई महिना सम्म चलेको देशको तल्लो सदनमा भएको मतदानमा विश्वासको मत प्राप्त गर्न नसकेपछि उनले आगामी एक वर्षपछि हुने आम निर्वाचनमा पार्टीलाई फेरि विजयी गराउनका लागि आफूले जिम्मेवारी त्याग्न लागेको बताउँदै आएका छन् ।
सन् २०१२ देखि पार्टीको नेतृत्व लिएका उनले पार्टी अध्यक्षबाट पनि राजीनामा दिन लागेको निर्णयलाई परिपक्व, जिम्मेवार र नैतिकतापूर्ण भएको भन्दै स्थानीय सञ्चारमाध्यमहरुले महत्वका साथ सकारात्मक तरिकाले समाचार संप्रेषण गरिररहेका छन् ।
मजदुर सङ्गठनबाट पार्टी राजनीतिमा आएका उनि आफूले अहिले नै जिम्मेवारी त्यागेर नयाँ नेतृत्वलाई जिम्मेवारी दिन पाएमा सबैका लागि हित हुने ठानेर नै अलग हुन चाहेको बताएका छन् । (एजेन्सी)