निन्दित कर्म र देशको मन

दुर्गा दाहाल

आऊ बाल जगत उठाऊ बलले, एउटा धनुरैधरी,
न्यायै छैन कतै यो पुण्यभूमिमा, गर्छन् सबै मनपरी ।
घुम्छन् गाडी लिई सडकमा, मोटा सुकिला भई,
गर्छन् काम सबै ती देशी प्रभुको, भुल्छन् विदेशमा गई ।।

घुम्दै यो भूमिमा कुटाई छडीको, बोली र हावी हुने,
गर्जन्छन् दरवारभित्र यिनको, देशकै पो चाबी हुने ।
विषैको रथभित्र आसन हुँदा, यो मन कट्क्कै छुने,
दन्तै बत्तीस निष्ठुर भई, भाले डकैती हुने ।।

चाले रञ्जनले शराबीपनले, कालै भयो जीवनी,
दूरगामी इतिहासको वध भयो, देशैभरी सनसनी ।
भावी रथमा लिएर लाल चेहरा, घुम्दै थिए फनफनी,
नारीको मनमुग्ध प्रेमी सपना, सुनसान थियो बन पनि ।।

जालैभित्र परेर मछली, जस्तै भए रञ्जन,
बोकेरै अपराध स्वप्रियसीमा, पापी रहेछ मन ।
सन्तानी भैकन अतिगुणी, लक्ष्मी थिईन कञ्चन,
कुर्दा कुर्दै विलिन हुन गयो, भावी जीवन व्यञ्जन ।।

गिर्दो यो नजर लिएर पगर, ईज्जत गुमाईकन,
तिम्रा यी घृणी निन्दित कर्महरूले, देशले रुवायो मन ।
चोले इन्द्रीय भैकन तिमी, सारा दुनियाँ भरी,
जानै पर्दछ एकदिन बगरमा, भरको मलामी पनि ।।

TOP