Trending
युएस खबर संवाददातानवौँ महिला एसिया कपमा नेपाललाई पहिलो सफलता, यूएई ६ विकेटले पराजित युएस खबर संवाददातान्यूरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल युएस खबर संवाददाताएक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस युएस खबर संवाददाताट्रम्पको दाबी: म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन युएस खबर संवाददातान्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट

आईपीएल क्रिकेटमा राजस्थानले कोलकातालाई ९ विकेटले हरायो

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई ९ विकेटले हराएको छ । कोलकाताले दिएको १ सय ५० रनको लक्ष्य राजस्थानले १३ ओभर १ बलमा भेट्टायो ।

राजस्थानका यशस्वी जैशवाल ९८ रनमा अविजित रहे । उनले १३ बलमै अर्धशतक पूरा गरेका थिए । कप्तान सन्जु स्यामसनले ४८ रन बनाए । त्यसअघि इडन गार्डेनमा टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो ।

उसका वेंकटेश ऐरले सर्वाधिक ५७ रन जोडे । अरु खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । राजस्थानका युजवेन्द्र चहलले ४ विकेट लिए । त्यस्तै ट्रेन्ट बोल्टले २ विकेट लिए । जितसँगै राजस्थान १२ खेलमा १२ अङ्कका साथ तेस्रो स्थानमा उक्लिएको छ । कोलकाता १२ खेलमा १० अङ्कका साथ सातौँ स्थानमा छ ।

TOP