रमेश एमके निर्देशित ‘तिम्रो मेरो साथ’को टिजर सार्वजनिक:साम्राज्ञी र पुष्पको प्रेम अवस्था चित्रण
रमेश एमके निर्देशित चलचित्र ‘तिम्रो मेरो साथ’को टिजर सार्वजनिक भएको छ । नायिका साम्राज्ञी आरएल शाह र नायक पुष्प खड्का स्टारर चलचित्र ‘तिम्रो मेरो साथ’को १ मिनेट ३० सेकेन्डको टिजर शुक्रबार बोधी एचडीको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
लभस्टोरी जनरामा आधारित यस चलचित्रको टिजरमा साम्राज्ञी र पुष्पको प्रेम सम्बन्धको संयोगान्त र वियोगान्त दुवै अवस्थालाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । प्रेममा क्रेजी भएकी साम्राज्ञीले पुष्पलाई प्राप्त गर्नका लागि गरेको कोशिषलाई फरक शैलीमा चित्रण गरिएको टिजरलाई धेरैले मन पराईरहेका छन् ।
सार्वजनिक टिजर हेर्दा निर्देशक रमेश स्वयं समेत निर्माता रहेको यस चलचित्र उनको डेब्यु चलचित्र भएपनि चलचित्र उत्कृष्ट बनेको देखिन्छ ।
आर्यन फिल्मस तथा बोधी एचडी अमेरिकाको संयुक्त ब्यानरमा निर्माण गरिएको चलचित्रमा साम्राज्ञी र पुष्प संगैसरोज खनाल, सन्दीप क्षेत्री, इमिली लामा लगायतका कलाकारहरुको केन्द्रिय भूमिका रहेको छ ।
पासाङ लामा, अर्नव पौडेल, आर्यन पौडेल निर्माता रहेको चलचित्रमा सह–निर्माताको रुपमा निरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् । सबिर श्रेष्ठ लेखक एवम् कार्यकारी निर्माता रहेको ‘तिम्रो मेरो साथ’मा शिव ढकालको छायांकन र भुपेन्द्र अधिकारीले सम्पादन रहेको छ ।
आगामी पौष २९ गतेबाट प्रदर्शनमा आउन लागेको यस चलचित्रमा सुभाष भुसाल र योगेश काजीको संगीत रहेको छ। केही महिना अघि ‘रुमालै बाटेर’ बोलको गीत निर्माण टिमले रिलिज गरेको थियो। जुन गीतलाई दर्शक स्रोताले निकै रुचाएका छन् ।
यस अघि चलचित्र ‘मारुनी’मा पहिलो पटक संगै देखिएको साम्राज्ञी र पुष्पको जोडीले यस चलचित्र मार्फत दोस्रो पटक संगै स्क्रिन सेयर गरेका छन् । निर्देशक रमेशका अनुसार चलचित्र ‘मारुनी’मा रुचाईएको यो जोडीलाई ‘तिम्रो मेरो साथ’मा पनि दर्शकले साथ दिने अपेक्षा गरिएको छ ।
टिजर..