तातोपानी नाका सञ्चालनबारे चीन र नेपालबीच ६ बुँदे सहमति
चीन जोड्ने उत्तरी नाका तातोपानीबाट निर्यात खुलाउन चीन र नेपालबीच छलफल भएको छ । नेपाल–चीनको सीमा मितेरी पुलमा नेपाल र चीनका सरकारी अधिकारीबीचको छलफलमा चीनले निकासीसहित ६ बुँदे सहमति भएको हो ।
नेपालबाट सिन्धुपाल्चोकका जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख तथा चीनका न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन, सुरक्षा निकायलगायतका अधिकारीबीच बैठक भएको हो ।
बैठकमा आउँदो १८ गतेदेखि तातोपानी नाका नियमित सञ्चालन गर्न, सीमा सुरक्षा तथा कोरोना सङ्क्रमण एवं सुरक्षाको विषयलाई प्राथमिकता दिने विषयमा छलफल भएको हो ।