बलुवाटारमा चार दलको बैठक जारी
काठमाण्डौँ, १२ फागुनः राष्ट्रपति निर्वाचनका लागि छलफल गर्न नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजबादी र जनता समाजवादीका शीर्ष नेताहरुबीच छलफल भइरहेको छ् । छलफल प्रधानमन्त्री निवास बालुवाटारमा अहिले छलफल चलिरहेको हो ।
राष्ट्रपति उम्मेदवार मनोनयन दर्ता भोलि शनिबार हुने भएको छ । मनोनयन दर्ता हुन एक दिन बाँकी रहदा दलहरु तिब्र रुपमा छलफलमा जुटिरहेका छन् ।
राष्ट्रपति पदमा कुन दलको उम्मेदवारको मनोनयन गर्ने टुङ्गो भने लागिसकेको छैन् । राष्ट्रपति उम्मेदवार मनोनयनका लागि राष्ट्रिय सहमति जुटाउने भन्नेबारे दलहरु एकमतमा पुगिसकेका छैनन् ।