सुनिल बिसीको “उसलाई पाउन”लाई दर्शक श्रोताको राम्रो साथ्
पछिल्लो समय नेपाली गीत संगीतको क्षेत्रमा उत्कृष्ट शब्द तथा संगीत दिँदै आएका सर्जक सुनिल बिसीको नयाँ गीतलाई पछिल्लो समय टिकटकमा पनि अत्याधिक रुचाइएको छ।
सार्वजनिक भएको छोटो समयमै गीतका अंशहरु टिकटकमा रुचाउन थालिएको छ। यो समाचार तयार पार्दासम्म यस गीतमा ५ हजार बढी टिकटक भिडियो बनिसकेका छन् । यस गीतको शब्द, संगीत अनि स्वरलाई एकदमै रुचाइएको छ।
गत आइतबार सार्वजनिक “उसलाई पाउन” बोलको गीतमा सुनिलकै शब्द तथा संगीत रहेको छ भने चर्चित गायक प्रमोद खरेलको सुमधुर आवाज रहेको छ। गीतका एरेन्जर विशाल निरौला हुन् ।
प्रेम बिछोडको कथामा आधारित गीतमा सुनिलले उत्कृष्ट शब्द तथा संगीत दिने कोसिस गरेका छन् । गीतका प्रत्येक शब्दले सुन्ने जोकोहीको ध्यान केन्द्रित गर्छन् । गीतको संगीत पक्ष पनि अब्बल छ।
यस गीतको अडियो संगै भिडियो पनि उत्कृष्ट बनेको छ। भिडियोमा बिक्रम बुढाथोकी , नम्रता सापकोटा र राजन आले फिचर्ड छन् । बिक्रम र नम्रताले उत्कृष्ट अभिनय गरेका छन् । अजय रेग्मीले खिचेको भिडियोलाई क्रान्ति केसीले निर्देशन तथा सम्पादन गरेका हुन् । भिडियो सुनिल बिसीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
पछिल्लो समयमा निकै रुचाइएका सर्जकमा पर्ने सुनिलको यसभन्दा अगाडीको गीत “जहाँ माया”लाई दर्शक स्रोताले अत्याधिक रुचाएका थिए। यस गीतलाई पनि दर्शक स्रोताले रुचाइदिने अपेक्षा राखेको सुनिल बिसीले बताए।
हेर्नुस् भिडियो…