Trending
युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट युएस खबर संवाददाताकाभा महिला च्याम्पियनसिपमा नेपाल आज श्रीलंकासँग पहिलो खेल खेल्दै युएस खबर संवाददातावर्षाले राष्ट्रिय सभागृह जलमग्न युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण युएस खबर संवाददाताकाठमाण्डौ महानगरले न्युरोडमा फुटपाथ विस्तारको काम अघि बढायो युएस खबर संवाददाताओमानको समुद्रमा तेल ट्यांकर पल्टिँदा १३ भारतीयसहित १६ जना बेपत्ता

एनआरएनए अमेरिका: नेशनल कोअर्डिनेशन काउन्सीलको तेस्रो युवा सम्मेलन क्यालिफोर्नियामा

गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिककाको नेशनल कोअर्डिनेशन काउन्सीलले युवा सशक्तीकरण संवद्ध सम्मेलनकोे आयोजना गर्ने भएको छ । एनआरएनए नेशनल कोअर्डिनेशन काउन्सील अमेरिकाले आगामी फेब्रुअरी २५ तारिकका दिन क्यालिफोर्निया विश्वविद्यालय बर्कलेमा युवा सशक्तीकरण तथा प्रेरणामुलक सम्मेलनको आयोजना गर्ने भएको हो।

फेब्रुअरी २५ तारिकका दिन विहान ११ बजेबाट साँझ ८ बजे सम्म चल्ने सम्मेलनमा नेपाली युवा समुदाय लक्षित विभिन्न प्रभावकारी कार्यक्रमहरु संचालन हुनेछन् ।

क्यालिफोर्निया विश्वविद्यालय बर्कलेको नेपाली विद्यार्थी संघ संगको सहकार्यमा आयोजना हुँदै सम्मेलनमा सहभागि हुन चाहनेहरुका लागि अनलाईन रजिष्ट्रेन पनि खुल्ला गरिसकिएको छ ।

एनआरएनए अमेरिकका नेशनल कोअर्डिनेशन काउन्सीलको तेस्रो युवा सम्मेलनका रुपमा रहेको यस कार्यक्रमका लागि अमेरिकाबाट संचालित यूएस खबर, रिपोटर्स क्लव अमेरिका, ईनेप्लिज डटकम लगायकका समाचार पोर्टलहरु मिडिया पाटर्नर रहेका छन् । यूवाहरुको नेतृत्व तथा आर्थिक स्तरोन्नतीका लागि सहायक भूमिकामा रहने यस सम्मेलनमा सहभागिताका लागि नेपाली संघ संस्थाका प्रतिनिधी तथा नेपाली विद्यार्थी तथा युवा समुदायलाई आग्रह गरिएको छ ।

TOP