Trending
युएस खबर संवाददातास्पेनको ह्युल्भामा लगातार १२ घण्टा भारी वर्षा हुने चेतावनी युएस खबर संवाददातासगमारथा क्षेत्रमा लडेर घाइते भएका जापानी नागरिकको उद्धार युएस खबर संवाददातालक्ष्मीपूजाको दिन विद्युतको माग गत वर्षभन्दा एक सय ६४ मेगावाट बढी युएस खबर संवाददाताभक्तपुरका नेवार समुदायले भोलि नै भाइटीका लाउने युएस खबर संवाददाताइंग्ल्याण्डमाथि नेपालको ऐतिहासिक जित युएस खबर संवाददाताराति यी तीन प्रदेशमा हल्का वर्षा र हिमपात हुने सम्भावना युएस खबर संवाददातारविलाई तिहारलगत्तै बुटवल लगिने युएस खबर संवाददाताउपविजेता बनेको नेपाली टोलीका खेलाडीलाई सरकारले जनही तीन लाख दिने

मौन अवधिमा पैसा बाँडेको आरोपमा काठमाडौंका प्रदेशसभा उम्मेदवार पक्राउ: स्ट्याटस लेख्दै दिए चुनौती

मौन अवधिमा पैसा बाँडेको आरोपमा काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौलालाई प्रहरीले पक्राउ गरेको छ । निर्वाचन आचार संहिता विपरित मौन अवधिमा मतदातालाई पैसा बाँढेको आरोपमा एमाले उमेद्वार निरौलालाई हात्तिगौंगास्थित युरो स्कुल नजिकैबाट पक्राउ गरिएको हो ।

मौन अवधिमा पैसा बाढ्दै गरेका निरौला सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा पर्नेमा बुढानिलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बुढानिलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदिप डंगोल छन् ।

पर्नेमा बुढानिलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बुढानिलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदिप डंगोल छन् । उनीहरूलाई अहिले प्रहरी प्रभाग बुढानिलकण्ठमा राखिएको भनिएपनि केही बेर अधि मात्र उमेद्वार निरौलाको फेसबुक आईडीबाट यस घटना झुटो भएको भन्दै निरौलाले पोष्ट गरेको स्ट्याटस सार्वजनिक भएको छ ।

सुराकीका आधारमा पक्राउ परेका निरौलाले आफुले क्यान्सर पिडितलाई सहयोगका लागि कुराकानी गरिरहेका अवस्थामा पक्राउ गरिएकाले पैसा बाढेको आरोप झुटो भएको बताएका छन् ।

यो समाचार तयार गरिएको ४० मिनेट पहिले निरौलाले पोष्ट गरेको स्ट्याटसमा उनले भनेका छन् ‘म क्यान्सर रोग बाट लामो समय देखि बिरामि तोक्मान लामा संग कुरा कानि गरि रहदा अनाबस्यक कुरा निकालि समाज आतडकित पार्ने कार्य नगरेको राम्रो हुन्छ। म राजनैतिक प्राणि हु गैर राजनैतिक काम मेरो आदर्श हैन। मेरो चुनौति छ मित्रहरु आरोप पुस्टी गर्नुस बरामद केहि छ भने सप्रमाण आउनुस।’

पक्राउ गरेर प्रहरी कार्यलयमा अनुसन्धान भै रहेका भनिएका निरौलाले आफ्नो फेसबुकमा राखेको यस स्ट्यासटमा उनले चुनौती दिएका छन् । यसको मतलव कि त उनलाई प्रहरीले छोडिसकेको छ या त यो स्ट्याटस उनको पासवर्ड थाहा भएका अर्का कसैले उनको बचाउका लागि लेखेको हो भन्ने प्रमाणित भएको छ ।

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष समेत रहेका निरौला पक्राउ परेको खबरले काठमाडौंका एमाले उमेद्वार तथा कार्यकर्तामा थप चासो बढेको छ भने संचार माध्यमले यस समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरिरहेका छन् ।

TOP