Trending

कोरोना संक्रमणबाट बेलायतमा फेरी एक नेपालीको मृत्यु

कोरोना भाईरसको संक्रमणबाट बेलाएतमा फेरी एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वत स्थायी घर भई हाल बेलायतको अल्पर्टनमा बस्दै आएका चेत प्रसाद गुरुङ रहेका छन् ।

उनी तमु धीं लन्डन इकाईका वरिष्ठ उपाध्यक्ष समेत रहेका ५९ वर्षीय गुरुङको कोरोना संक्रमणका कारण बुधबार राती लण्डनको नर्थवीक पार्क अस्पतालमा मृत्यु भएको हो ।

विश्वब्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण हालसम्म बेलायतमा कोरोनाले ३ जना नेपालीको मृत्यु भएको पुष्टि भइसकेको छ ।

TOP