नेकपा एमाले संसदीय दलको बैठक जारी

काठमाडौं । नेकपा एमालेसंसदीय दलको बैठक जारी छ । आज बस्ने प्रतिनिधिसभाको बैठक बस्नुअघि एजेण्डाबारे छलफल गर्न अहिले बैठक बसिरहेको हो ।

बैठकमा संसदीय दलका नेता अध्यक्ष केपी शर्मा ओलीले संसदमा पार्टीको भूमिकाबारे, सरकारको प्रभावकारी काममा मन्त्री तथा पार्टीका सांसदको भूमिकाबारे निर्देशन दिइरहेका छन् । बैठकमा उपाध्यक्ष तथा उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौड्यल, सुवाष लगायत नेताहरुको उपस्थिती रहेको छ ।

एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि २६ गते प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदैछन् ।

TOP