Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

निर्वाचन भय रहित, स्वतन्त्र र निष्पक्ष हुनेमा राष्ट्रपति भण्डारी विश्वस्त

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन निस्पक्ष हुने विश्वास व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले निर्वाचन आयोग, नेपालका प्रमुख निर्वाचन आयुक्त एवं पदाधिकारीहरूसँगको भेटवार्ताका क्रममा निर्वाचन भय रहित वातावरणमा स्वतन्त्र र निष्पक्ष हुने बताएकी हुन् ।

निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नेतर्फ निर्वाचन आयोग गम्भिर रहेको विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले निर्वाचनको व्यवस्थापन र तयारीका लागि आयोगले देखाएको क्रियाशीलताप्रति सन्तोष व्यक्त गरेकी छन् ।

आयोगका आयुक्तहरू रामप्रसाद भण्डारी र डा. जानकी कुमारी तुलाधर, सचिव गोकर्ण मणि दुवाडी र सह सचिव शालिग्राम शर्मा पौडेल समेतको सहभागिता रहेको यस भेटवार्तामा भण्डारीले निर्वाचनको निष्पक्षता कायम गर्ने विषय आयोगको मात्र नभई राजनीतिक दल, उम्मेदवार एवं सम्बन्धित सबै सरोकारवाला र समुदायको पनि भएको हुँदा सबैको सहयोग, समन्वय र अन्तरसम्बन्धबाट निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरेकी छन् ।

TOP