Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

अमेरिका मधेशी समाज ‘टेक्सस च्याप्टर’ले अगष्ट २७ मा सन्ध्याकालिन तिज पर्व मनाउँँदै

अमेरिका मधेशी समाज टेक्सस च्याप्टरले यस बर्षको तिज पर्व धुमधामपूर्वक मनाउने भएको छ । समाजको टेक्सस च्याप्टरले आगामी अगष्ट २७ शनिवारका दिन टेक्ससको अर्भिङमा तिज बिषेश कार्यक्रमको आयोजना गरिएको हो ।

नेपाली नारीहरुको महान् पर्वका रुपमा रहेको तिज समाजकोे टेक्सस च्याप्टरका मधेशी समुदाय तथा गैर मधेशी मुलका नेपालीहरु समेतको उपस्थितीमा अर्भिङ स्थित करि लिफ रेष्टुरेन्टमा आयोजना हुने भएको हो ।

अगष्ट २७ तारिक शनिवार साँझ ५ बजेबाट राती ११ बजे सम्म चल्ने ६ घण्टा लामो सन्ध्याकालिन तिज बिषेश कार्यक्रममा नेपाली परिकार, संगीत, नृृत्य, बालबालिकाका लागि खेलहरु लगायका प्रस्तुतीहरु रहने छन् ।

सहभागी मध्यको आकर्षक जोडीलाई उपहार समेतको व्यवस्था रहेको कार्यक्रममा उपस्थित हुन चाहनेहरु मध्य एकल सहभागिताका लागि २५ डलर र परिवार सहितको उपस्थितीका लागि ५० डलरको प्रवेश शुल्क तोकिएको छ ।

TOP