Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

हत्या आरोपमा मुछिएकि मेयर अम्बिका चलाउने बिरुद्ध मुद्दा नचलाउने

काठमाण्डौं । हत्या आरोपमा मुछिएका पञ्चदेवल विनायक नगरपालिकाका मेयर अम्बिका चलाउने बिरुद्ध मुद्दा नचल्ने भएको छ ।

पन्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाहीको हत्या आरोपमा मेयर चलाउने र १२ जना नेता, कार्यकर्ताको नाममा गत जेठ २६ गते किटानी जाहेरी दर्ता भएको थियो । छानविन पछि मेयर चलाउने हत्यामा संलग्न भएको कुनै पनि प्रमाण नभएको पाइएपछि मेयर अम्बिकामाथि मुद्दा नचल्ने निर्णय भएको सरकारी वकिल कौशल ढुंगानाले जानकारी दिए ।

त्यस्तै अन्य दुई जनामाथि पनि मुद्दा नचल्ने भएको छ । नेत्रबहादुर शाही र रामबहादुर शाही पनि हत्यामा संलग्न भएको कुनै पनि प्रमाण नभएको ढुंगानाले जानकारी दिए । घटनामा तीनै जनाको संलग्नता भएको कुनै प्रमाण नभएको प्रतिवेदन फाइल सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

मुलुकी अपराधसंहिता २०७४ को दफा ३१ अनुसार प्रमाण नपुगेको भन्दै सरकारी वकिल कौशल ढुंगानाले मुद्दा नचल्ने निर्णय गरेका हुन् ।

TOP