Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

NRNA आईसीसीको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा रवि किरण अधिकारी नियुक्त

गैर आवासिय नेपाली संघ एनआरएनए अन्तराष्ट्रिय परिषद्ले प्रमुख कार्यकारी अधिकृतका रुपमा रवि किरण अधिकारीलाई नियुक्त गरेको छ । एनआरएनएए आईसीसीले केही तस्विर सहित अधिकारीलाई प्रमुख कार्यकारी पदमा नियुक्त गरेको जानकारी दिएको हो ।

एनआरएनए आईसीसी अध्यक्ष कुल आचार्य सहितको फेसबुक मार्फत सार्वजनिक तस्विरमा अध्यक्ष सहित महासचिव गौरीराज जोशीले अधिकारीलाई स्वागत सहितको बधाई तथा शुभकामना दिएका झलकहरु रहेका छन् ।

चार महिना देखि रिक्त पद रहेको कार्यकारी निर्देशक पदका लागि आईसीसीले जुन ८ तारीख आब्हान गरेको दरखास्त अनुसार कुल ४० जनाको आवेदन यस पदका लागि परेको थियो ।

कार्य समितिबाट अध्यक्ष कुल आचार्य, रवीना थापा र बद्री केसी साथै महासचिवद्वय डा. केशव पौडेल र गौरीराज जोशी सहित उपाध्यक्ष महेश श्रेष्ठलाई जिम्मेबारी दिईएको प्रमुख कार्यकारी अधिकृत छनोट समितिमा विज्ञ तथा स्वतन्त्र हैसियतको रुपमा भिम उदास, एकनाथ खतिवडा र अनल राज भट्टराई रहेका थिए ।

नव नियुक्त सिईओ अधिकारीले एनआरएनएले आफुलाई दिएको जिम्मेवारी र गरेको विश्वासप्रति आफु सदैव कटिबद्ध रहँदै आएको जानकारी सहित आगामी दिनमा ब्यक्तीगत र पदिय दाहित्व निर्वाहका लागि प्रतिवद्धता व्यक्त गरेका छन् ।

TOP