राष्ट्रपति पौडेलको उपचार खर्च सरकारले बेहोर्ने, ५५ लाख निकासा
राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्च सरकारले बेहोर्ने भएको छ ।
यसअघि भारतमा गरिएको उपचार खर्च आफैँ बेहोर्ने इच्छा व्यक्त गरेको भन्दै राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गरेको भए पनि परराष्ट्र मन्त्रालयले खर्च निकासाको स्वीकृत अर्थ मन्त्रालयले दिइसकेको जनाएको छ ।