Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

राष्ट्रपति पौडेलले फिर्ता गरेनन् पूर्वसभामुखको हैसियतमा लिएको गाडी

राष्ट्रपति रामचन्द्र पौडेलले विगतमा पूर्वसभामुखको हैसियतमा लिएको सरकारी सुविधाको गाडी फिर्ता नगरेको पाइएको छ ।

पौडेल २५ फागुनमा राष्ट्रपतिमा निर्वाचित भएका थिए । तर, उनले पूर्वसभामुखको हैसियतमा संसद सचिवालयबाट लिएको गाडी ५ वैशाखसम्म फिर्ता गरेका छैनन् ।

संसद सचिवालयका सहसचिव सुरजकुमार दुराले उक्त गाडी फिर्ता गराउन पहल गरिरहेको बताए ।‘हामीले पहल गरिरहेका छौं । हामीलाई गाडीको अभाव छ भनेर मागिरहेका छौं । तर, के कारणले ढिलो गर्नुभयो थाहा छैन’ उनले भने ।

संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनमा सवारी साधन तथा इन्धन सुविधा सम्बन्धी व्यवस्था छ । ऐनको दफा ७ को उपदफा ३ मा भनिएको छ, ‘पदाधिकारीले यस दफा बमोजिम पाउने सवारी साधन आफ्नो पदावधि समाप्त भएको मितिले सात दिनसम्म प्रयोग गर्न सक्नेछ ।’

तर, व्यवहारिक रुपमा गाडी फिर्ताका लागि १५ दिनसम्म समय दिँदै आएको संघीय संसद सचिवालयका कर्मचारीहरु बताउँछन् । पौडेल राष्ट्रपति निर्वाचित भएको ४० दिन पुगिसकेको छ ।

TOP