मातृभाषामा शिक्षा प्रदान गर्नुेपर्ने कुरामा जोड दिनुपर्छ : मन्त्री यादव
काठमाडौ । मधेश प्रदेशका शिक्षा विज्ञान प्रविधि तथा बाणिज्य मन्त्री महेश प्रसाद यादवले मातृभाषामा पठन पाठन गराउने कुरामाजोड दिनुपर्ने बताएका छन् । शुक्रबार जनकपुरमा आयोजीत सामुदायिक विद्यालय व्यवस्थापन समितिहरुको प्रथम मधेश प्रदेश सम्मेलनमा बोल्दै उनले अन्य भाषामा बोलचाल गर्दा धेरैलाई बुझ्न कठिनाई हुने भन्दै आफ्नै भाषा प्रयोग गर्न आग्रह गरेका छन् । उनले बालबालीकाहरुलाई मातृभाषामा पठन पाठन गराउदा उनिहरुलाई बुझन सहज हुने भएकाले विद्यालय व्यवस्थापन समिति, शिक्षक शिक्षिका लगायत वर्गले मातृभाषामा जोड दिनुपर्ने बताए । उनले मधेश प्रदेश सरकार निकट भबिष्यमा मातृभाषालाई प्राथमिकतामा राख्दै व्यवहारीक रुपमा प्रयोगमा ल्याउन प्रतिवद्व रहेको उनको भनाई छ ।