Trending
युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट युएस खबर संवाददाताकाभा महिला च्याम्पियनसिपमा नेपाल आज श्रीलंकासँग पहिलो खेल खेल्दै युएस खबर संवाददातावर्षाले राष्ट्रिय सभागृह जलमग्न युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण युएस खबर संवाददाताकाठमाण्डौ महानगरले न्युरोडमा फुटपाथ विस्तारको काम अघि बढायो युएस खबर संवाददाताओमानको समुद्रमा तेल ट्यांकर पल्टिँदा १३ भारतीयसहित १६ जना बेपत्ता

वैदेशिक रोजगारको उचित ज्ञान नहुँदा बाँकेका धेरै पालिकाका युवा ठगीको शिकार

नेपालगन्ज,१९ फागुन : बाँकेमा संचालित सामी परियोजनाको प्रगति समिक्षा गरिएको छ । इन्रुडेक बाँकेले संचालन गरेको उक्त परियोजनाका कारण भएका उपलव्धी र आइपरेका समस्याका बारेमा चर्चा गरिएको थियो ।

बिहिबार बसेको समिक्षा बैठकमा रोजगार प्रर्वद्धन कार्यक्रम अन्तरर्गत सुरक्षित आप्रवास (सामी) परियोजनामा स्थानिय सरकारले थप चासो बढाउन पर्नेमा जोड दिइएको थियो । परियोजनाका मुख्य उदेश्य सुचनामा पहुच बढाउने, सिपयुक्त जनशक्तिको विकास गर्ने, मनोसामाजिक परामर्श प्रदान गर्ने, न्यायमा पहुँच पुगाउने, वित्तिय साक्षरतामा विकास गर्ने लगाएतको रहेको इन्रुडेक बाँकेका अध्यक्ष धर्मलाल रोकायाले जानकारी दिए ।

परियोजना बाँकेका चारवटा स्थानिय तहमा संचालन गरिएका छन । जसमा नेपालगन्ज उप महानगरपालिकाले ५९ लाख, कोहलपुर नगरपालिकामा ३० लाख, बैजानाथ गाउँपालिकाका लागि २२ लाख र खजुरा गाउँपालिकाका लागि २० लाख बजेट रहेको इन्रुडेक बाँकेका अध्यक्ष रोकायाले जनाए । परियोजनाले सारेकारवाला निकायविच समन्वय गर्ने, स्थानिय पदाधिकारीसंगको समन्वय बैठक गर्ने, रोजगार संयोजक तथा प्रहरी संग अन्तरक्रिया गर्ने लगाएतका काम गर्ने गरेको बैठकमा जानकारी गराइएको थियो ।

विषेसगरी बैदेशिक रोजगारमा जान चाहने सम्भावित कामदारहरुलाई गहन अभिमुखिकरण समेत गरिदै आइएको अध्यक्ष रोकायाले बताए ।

परियोजनाले बाँकेमा गरिएको एक अध्ययनले १०६ वटा बैदेशिक रोजगारीमा जादा ठगिका भएको थाहा भएको छ । जसमा नेपालगन्ज उप महानगरपालिकामा १२ वटा, कोहलपुर नगरपालिकामा १० वटा, बैजानाथ गाउँपालिकामा २६ वटा, खजुरा गाउँपालिकामा ३१ व्टा र अन्य पालिकामा २६ रहेको पाइएको हो ।

बैदेशिक रोजगारीमा जानेहरुलाई पर्ने समस्या समाधान गर्न कटिबद्ध रहेको इन्रुडेक बाँकेका अध्यक्ष रोकायाले बताए । गत वर्ष ७६ वटा केशलाई सफल बनाउन सकिएको भन्दै यस वर्ष परेका केहलाई मिलाउन÷क्षतिपुर्ति उपलव्ध गराउन न्यायको लडाईका लागि सहयोगि भुमिका परियोजना मार्फत गरिएको उनले जनाए । बैठकमा कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावत, खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति, स्थानिय तहहरुका प्रमुख प्रशासकिय अधिकृत, योजना अधिकृत, रोजगार शाखा प्रमुख, आप्रबासि समाजका अध्यक्ष तथा प्रतिनिधि लगाएतको उपस्थिती रहेको थियो ।

TOP