लिलु गुरुङको तीज गीत “चोली पुरानै साडी पुरानै” सार्बजनिक
हिन्दु महिलाको महान पर्ब हरितालिका तीजको अबसर पारेर अमेरिकाको टेक्सासबाट तीज गीत सार्बजनिक भएको छ।
“चोली पुरानै साडी पुरानै” बोलको तीज गीत आज लिलु गुरुङ Youtube Channel मार्फत सार्बजनिक गरिएको हो। अमेरिकाको टेक्सासमा रहेर बिगत लामो समय देखि नेपाली गीत संगीतमा सक्रिय गीतकार लिलु गुरुङको शब्द तथा लयमा तयार भएको भिडियोमा सुनिल तामांग , ज्योति गुरुङ र शान्ति गुरुङको नृत्य हेर्न सकिन्छ।
कोरिओग्राफर तथा नृत्य निर्देशक शिब बिकको निर्देशनमा तयार भएको भिडियोमा स्थानीय दिदि बहिनिहरुलाइ समेत भिडियोमा देखाइएको छ ।
टेक्सासको अर्भिंग नजिक रहेको BG बुटिकको सहयोगमा कलाकारलाइ ड्रेस तथा गर गहना उपलब्ध गराएको बुटिक संचालक तथा फेसन डिजाइनर विश्व गौतमले जानकारी गराएका छन्।
गायिका शान्ति श्री परियार र सुदिप सागरको स्वर रहेको यस तीजलाइ गोहन आलेले खिचेका हुन् भने पोस्ट प्रोडक्सन ड्रागन पिक्चरमा भएको थियो।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस