Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

ईभो स्टोरले गर्यो ‘एप्पल वाच अल्ट्रा’ सार्वजनिक

नेपालका लागि एप्पलको आधिकारिक बिक्रेता ईभो स्टोरले एप्पलको ‘एप्पल वाच अल्ट्रा’ सार्वजनिक गरेको छ ।
मंगलबार काठमाडौंमा ईभो स्टोरले एक समारोहबीच १.९२ इन्चको रेटिना एलटीपीओ डिस्प्ले रहेको एप्पल वाच अल्ट्रा सार्वजनिक गरेको हो । अलवेज-अन डिस्प्ले फिचर भएको एप्पल वाच अल्ट्रा वाचओएस ९.० द्वारा सञ्चालित छ ।

एप्पल एस ८ चिपसेट भएको यस डिभाइसमा पावरभीआर जीपीयू प्रयोग गरिएको छ । ६१.३ ग्राम तौल भएको यो वाचले आईपी सिक्स एक्स रेटिङ पाएको छ । जसमा १०० मि वाटर रेसिस्टेन्स रहेको छ ।

ईभो स्टोरका अनुसार नेपालमा उपलब्ध हुने एप्पल वाच अल्ट्रामा भने ईसिम सपोर्ट नहुने रहेको छ । । त्यस्तै यस्ले फोनको सेलुलर नेटवर्क प्रयोग गरेर वा नजिकको वाइ-फाइमा कनेक्ट भएर ईमर्जेन्सी एसओएस सेवा दिने कम्पनीले जनाएको छ ।

TOP