Trending

रास्वपा संसदीय दलको नेताबाट अर्यालले दिए राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता डोलप्रसाद अर्याल (डिपी)ले आफ्नो पदबाट राजीनामा दिएका छन्। रास्वपाका उपसभापति समेत रहेका अर्यालले शनिबार राजीनामा दिएका हुन् ।

शनिबार बसेको संसदीय दलको भर्चुअल बैठकमा अर्यालले राजीनामा बुझाएका छन् । अर्यालले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका छन् । उनको राजीनामा स्वीकृत गर्ने प्रक्रियामा रहेको बताइएको छ ।
सोमबार रास्वपाको संसदीय दलको बैठक बस्दैछ । सो बैठकले पार्टी सभापति रवि लामिछाने संसदीय दलको नेता चयन गर्दैछ ।

वैशाख १० गते भएको उपनिर्वाचनमा लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । शुक्रबार सपथ लिएसँगै उनी प्रतिनिधिसभा बैठकमा उपस्थित भएका थिए । अहिले दलको नेताको जिम्मेवारी उपनेता विराजभक्त श्रेष्ठले सम्हालेका छन् ।
dp aryal

TOP