गणक पुरक संख्या अपुग भएको भन्दै नेपाली समाज टेक्ससले गर्यो दोस्रो साधारण सभा आह्वान
गणक पुरक संख्या अपुग भएको भन्दै नेपाली समाज टेक्ससले गर्यो दोस्रो साधारण सभा आह्वान
नेपाली समाज टेक्सस (एनएसटी)ले दोस्रो पटक साधारण सभा आह्वान गरेको छ । पहिलो पटक आह्वान गरिएको साधारण सभामा गणक पुरक संख्या अपुग भएको भन्दै एनएसटीले दोस्रो पटक साधारण सभा आह्वान गरेको हो ।
यस विषयमा एनएसटीका महासचिव सन्देस उप्रेतीद्वारा जारी विज्ञप्तिमा उल्लेख भए अनुसार संस्थागत विधानको दफा-७ को उपदफा-ख ले ब्यवस्था गरे अनुरुप समाजको २०२२ डिसेम्बर ११ तारिक दिन भएको कार्यसमितिको निर्णय अनुसार गणक पुरक संख्या थपका लागि दोस्रो पटक साधारण सभा आह्वान गरिएको हो ।
अपुग गणक पुरक संख्याका लागि आगामी डिसेम्बर २४ तारिकका दिन पुन साधारण सभा आह्वान गरिएको छ भवनमा हुनेछ ।
डिसेम्कर २४ तारिकका दिन विहान ११ बजेर ३० मिनेटबाट सुरु हुने दोस्रो पटकको साधारण सभा टेक्ससको अर्भिङ्ग स्थित ग्रेविलर परिसरमा भवनमा हुनेछ ।