Trending
युएस खबर संवाददातास्पेनको ह्युल्भामा लगातार १२ घण्टा भारी वर्षा हुने चेतावनी युएस खबर संवाददातासगमारथा क्षेत्रमा लडेर घाइते भएका जापानी नागरिकको उद्धार युएस खबर संवाददातालक्ष्मीपूजाको दिन विद्युतको माग गत वर्षभन्दा एक सय ६४ मेगावाट बढी युएस खबर संवाददाताभक्तपुरका नेवार समुदायले भोलि नै भाइटीका लाउने युएस खबर संवाददाताइंग्ल्याण्डमाथि नेपालको ऐतिहासिक जित युएस खबर संवाददाताराति यी तीन प्रदेशमा हल्का वर्षा र हिमपात हुने सम्भावना युएस खबर संवाददातारविलाई तिहारलगत्तै बुटवल लगिने युएस खबर संवाददाताउपविजेता बनेको नेपाली टोलीका खेलाडीलाई सरकारले जनही तीन लाख दिने

‘द्वन्द्व अन्त्यका लागि सबै धर्म र सम्प्रदायले आपसी सम्मानलाई महत्व दिनुपर्छ’ – गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले सबै धर्म र सम्प्रदायका मानिसले एकले अर्कोलाई सम्मान गर्नुपर्ने बताएका छन् । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डीस्थित श्री शिव मन्दिर धर्मशालाको आज उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री खाँणले द्वन्द्व अन्त्यका लागि सबै धर्म र सम्प्रदायले आपसी सम्मानको अनुसरण गर्नुपर्ने बताएका हुन् ।

द्वन्द्वले मुलुक र जनताको हित नहुने बताउँदै मन्त्री खाँणले नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय मुलुक भएकाले सबै धर्म र सम्प्रदायका मानिसले एकले अर्कोलाई सम्मान गर्नुपर्नेमा जोड दिएका छन् ।

रुपन्देही विकासको गतिमा अघि बढिरहेको जनाउँदै उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान बनाउन अन्य एयरलाइन्सलाई ल्याउनका लागि प्रयत्न गरिरहेको बताएका खाँणले ऐतिहासिक महत्व बोकेको रुपन्देहीका धार्मिक र साँस्कृतिक सम्पदाको संरक्षण र विकासमा सबैको ध्यान जानुपर्नेतर्फ ध्यानाकर्षण गराएका छन् ।

TOP