Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

तनहुँमा शान्तिपूर्ण मतदान सम्पन्न

तनहुँ–१ मा भएको उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। क्षेत्र नम्बर १ अन्तर्गतका पाँच वटा पालिकामा ६९ मतदानस्थलका १५२ मतदान केन्द्रमा आइतबार शान्तिपूर्ण मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो। ‘‘सबै मतदान केन्द्रमा शान्तपूर्ण रूपमा निर्वाचन पुरा भएको मतपेटिका ल्याउने तयारी भइरहेको छ’’ रिजालले भन्नुभयो।

प्रारम्भिक जानकारी अनुसार ५२ प्रतिशत भन्दा बढी मतदान भएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो। तथ्याङ्क अपडेट भइरहेकोले घटबढ हुनसक्ने उहाँको भनाइ छ।

हाल मतपेटिका गणनास्थल दमौलीस्थित जिल्ला समन्वय समितिको कार्यालयमा ल्याउने तयारी भइरहेको  छ। निर्वाचनमा मतदाता उत्साहपूर्ण रूपमा सहभागी भए। रातिदेखि नै गणना गर्ने तयारी गरिएको छ।

सर्वदलीय बैठक बसेर आज रातिदेखि नै मतगणना गर्ने गरी तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार देवघाट गाउँपालिका रहेको मतदान केन्द्र धेरै टाढा पर्ने भएकाले आज राति १२ बजेसम्म मतपेटिका आइपुग्ने अनुमान गरिएको छ।

चर्को गर्मीबीच बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदाता उत्साहजनक रूपमा मतदान गर्न मतदान केन्द्र पुगेका थिए। मतदाता बिहानैदेखि छाता ओढेर भए पनि मतदान गर्न पाउँदा उत्साही देखिएका थिए।

तनहुँ– १ सत्तारुढ पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा (एमाले)बाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले, राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार चुनावी मैदानमा हुनुहुन्छ।

TOP