Trending
युएस खबर संवाददाताममताको मुद्धाको अन्तिम फैसलाको छलफल डिसेम्वर ९ देखि सुरु हुने युएस खबर संवाददातासरकारसँग ज्ञानेन्द्र शाहीको माग : जुम्लाको स्याउलाई बजार दिइयोस् युएस खबर संवाददाताअमेरिका भ्रमणबारे प्रधानमन्त्री ओली भन्छन्: नेपालको शिर ढल्नेगरी कुनै पनि काम गर्दिनँ युएस खबर संवाददाता‘बाबिन्का’आँधीका कारण सांघाईको जनजीवन प्रभावित युएस खबर संवाददाताराष्ट्रपतिद्वारा संसद्‌को चालु अधिवेशन अन्त्य युएस खबर संवाददाताअमेरिकाको एक विद्यालयबाट भागेका ८ वर्षीय बालक पोखरीमा मृत फेला युएस खबर संवाददातासहकारी ठगि प्रकरण: रवि लामिछाने दोषी ठहर युएस खबर संवाददातानारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

‘२० सिटको घण्टी के बजाएका थियौं, सबैको मुटुको ढ्यांग्रो बजेको छ’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरुले २० सिटमा घण्टी बजाउँदा धेरैको मुटुको ढ्यांग्रो बजेको टिप्पणी गरेका छन्।

चितवनको सभालाई सम्बोधन गर्दै उनले जनताले परिर्वतनका लागि मत दिने तर त्यसमा सत्ता गठबन्धनले जालझेल गर्नसक्ने दाबी गरे।

‘हामी कसैको विरोध गरेर हैन। काम गरेर देशको विकास गर्न चाहान्छौं,’ उनले भने, ‘नेपाली कांग्रेस बीपी र सुवर्ण शमशेरको दल भएकाले तपाईंहरु लाग्नुभएको थियो। एमाले पुष्पलाल र मदन भण्डारीको पार्टी भएका कारण लाग्नुभएको हो। तर अहिलेका नेताहरुमा त्यो सम्मान कायम छैन।’

उनले अझै पनि जनतालाई झुक्याउन अनेक हुनसक्ने भन्दै सचेत हुन आग्रह गरे। उनले विगतमा चितवनका जनताले बत्ति बालेको तर पाँच महिनामा निभाउने प्रयास भएकाले फेरि बालिदिनुपर्ने  बताए। लामिछानेले जनताले बालेको बत्ति ननिभोस् भन्दै यो पाँच वर्ष निरन्तर बाल्ने र निभ्न नदिने बताए।

भ्रष्टाचारीको मनमा ढ्यांग्रो बजाउने भन्दै उनले देशलाई अँध्यारोमा राख्नेहरुको समय सकिएको टिप्पणी गरे। उनले अब आफूहरु बहुमत ल्याउन निरन्तर लाग्ने दाबीसमेत गरे। निरन्तरको घेराबन्दीका बीचमा पनि यहाँ आएको भन्दै आफूले छाति दरो पारेको बताए।

आफ्नो कारण निर्वाचन गराउने खर्च नबढाएको उनले दाबी गरे। राष्ट्रपति र उपराष्ट्रपति बनाएर पुनस् निर्वाचनको खर्च कसले व्यहोर्छ भन्दै प्रश्नसमेत गरे।

TOP