डेभलपमेन्ट फर पिस इन्टरनेशनलको १५औं वार्षिकोत्सव टेक्ससमा सम्पन्न
शान्तिका लागि विकासको अवधारणा सहित सामाजिक रुपान्तरणमा सक्रिय डेभलपमेन्ट फर पिस इन्टरनेसनल’ ९डिएफपी० इन्टरनेशनलले आफ्नो १५ औं वार्षिकोत्सव अमेरिकाको टेक्ससमा सफलतापूर्वक सम्पन्न गरेको छ ।
डिएफपी इन्टरनेशनलले सामाजिक र सचेतना संवद्ध विविध कार्यक्रम सहित डिसेम्बर १८ तारिकका दिन टेक्ससको अर्भिङ्ग स्थित करी लिफ रेस्टुरेण्ट एण्ड बैंक्युटमा प्रभावकारी कार्यक्रम सहित आफ्नो १५ औं बार्षिक उत्सव सफलतापूर्वक सम्पन्न गरेको हो ।
विगत १५ बर्षदेखि अमेरिका र नेपालमा महिला, बालबालिका तथा क्षेत्रमा सामाजीक र सचेतनमुलक महत्वपूर्ण कार्यक्रमहरु गर्दै आएको डिएफपी इन्टरनेशनलले १५ औं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा संस्थाको प्रतिवेदन समेटिएको स्मारिका समेत विमोचन गरिनुका साथै संस्थाका कार्यहरुमा योगदान पुर्याउनेहरुलाई सम्मान तथा प्रशंसा पत्र समेत प्रदान गरिएको थियो ।
अमेरिकी तथा नेपाली समाजिक अभियन्ताहरुको वाक्लो उपस्थिती रहेको कार्यक्रममा ट्यारेन्स काउन्टी कलेजका प्रोफेसर जोन पेरिस, एचडीएनपीका अध्यक्ष देवी डेबिड आचार्य, ड्यालस एभरेष्ट लायन्स क्लबकी अध्यक्ष डा.विष्णुमाया उपाध्याय, हस्र्ट नेपाली सोसाइटीकी जया ढुंगाना लगायतले डिएफपी इन्टरनेशनलले सामाजिक तथा शान्तिपूर्ण अभियानको प्रशंसा गर्दै १५ औं बार्षिकोत्सवका लागि बधाई तथा निरन्तर सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।
सन २००७ मा स्थापना भएको डिएफपी ईन्टरनेशनको वर्तमान कार्यसमिती अध्यक्षमा दिपक खरेल रहेका छन् । १० सदस्यिय कार्यसमिति सल्लाहकारमा अमेरिकी सामाजिक अभियन्ता जोन पेरिस र फ्लायड हगन साथै नेपालीका तर्फवाट रमेश पोखरेल छन् ।
डिएफपी ईन्टरनेशनका अध्यक्ष दिपक खरेललका अनुसार सन २००७ मा स्थापना भएको डिएफपी ईन्टरनेशनले अमेरिकामा रहेका नेपाली समुदाय र मातृभूमि नेपालका महिला, बालबालिका, स्वास्थ्य तथा वातावरणिय क्षेत्रमा निरन्तर काम गर्दै आएको छ । सामाजिक रूपमा विपन्न व्यक्तिहरूको आर्थिक क्षमता विकासमा केन्द्रित रहेर आर्थिक तथा मानसिक स्तरोन्नतिका लागि विभिन्न परियोजनाहरु संचालन गर्दै आएको डिएफपीले विश्व शान्तिको अवधारणा सहित सेवाको क्षेत्रलाई फराकिलो बनाएको छ ।
शान्तिमय समाज निर्माणका लागि क्रियाशिल डिएफपीले संयुक्त राज्य अमेरिका र नेपालमा मानवीय गतिविधिको दायरा फराकिलो बनाउन मिलेर काम गर्ने योजना स्वरुप अमेरिकामा रहेको अर्को प्रमुख सामाजिक संस्था एचडिएनपी ईन्टरनेशनलसंगको सहकार्यमा रक्तदान शिविर, गाला डिनर, घरवार विहिनका लागि सहज वातावरण सृजना, बालबालिकाको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा क्रियाशिल सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ ।
धादिङ, रसुवा लगायतका विभिन्न जिल्लाका विपन्न महिला तथा बालबालिका लक्षित परियोजना संचालन गर्दै आएको डिएफपीले १५ औं वार्षिकोत्सव थप प्रभावकारी बनाउने लक्ष्यका साथ ५ महिना पहिले नै पत्रकार सम्मेलन सहितको तयारी सुरु गरेकाले यस पटकको वार्षिकोत्सव थप प्रभावकारी देखिएको थियो ।