Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

मंगलबारे अस्पतालको नाम परिवर्तन बिरोधमा बिभिन्न उपसमिती गठन: थप आन्दोलनको घोषणा

मोराङको उर्लाबारिमा रहेको मंगलबारे अस्पतालको नाम परिवर्तनको बिषयलाई लिएर भै रहेको बिरोध कार्यक्रम अन्तरगत थप आन्दोलनका कार्यक्रम तय भएको छ । प्रदेश १ सरकारले उर्लावारी ३ स्थित मंगलबारे अस्पतालको नाम मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर राख्ने निर्णय गरेसंगै असन्तुष्ट स्थानियहरुको पहलमा असार १ गते देखी थप बिरोध कार्यक्रमको निर्णय गरिएको हो ।

यस बिषयमा बिरोध ¥याली तथा हस्ताक्षर अभियान सुरु गरिसकेका स्थानियहरुले आज आन्दोलनका थप निर्णय संगै बिभिन्न उप समिती गठन गरेर आन्दोलन र अभियानलाई थप सशक्त बनाउने निर्णय गरेका हुन् ।

 आजको बैठकले असार १ गतेबाट यस आन्दोलनलाई थप सशक्त बनाउने भएको छ । बैठकले असार १ गते साँझ मसाल जुलुस निकाल्ने भएको छ भने असार २ गते बृहत उर्लाबारी देखी मंगलबारे अस्पताल सम्म बृहत र्यालीको आयोजना गर्ने भएको जसको मंगलबारे अस्तालको गेटमा कोणसभा हुनेछ ।

त्यस्तै आजको बैठकले अस्पतालको नाम यथावत् राख्नका लागि बिभिन्न उप समितीहरु गठन गरेर महत्वपूर्ण प्रस्थावमाथी निर्णय गरेको छ । आज गठन भएका उपसमितीहरुमा युवा परिचालन संघर्ष उपसमिती, हस्ताक्षर संकलन अभियान समिती, ४ राजनितीक दल संवद्ध संघिय संघर्ष समिती, प्रचार प्रसार उपसमिती र आर्थिक ब्यवस्थापन उपसमिती गठन भएका छन् ।

जस अन्तरगत आन्दोलनलाई राष्ट्रय मुद्धाका रुपमा विश्वभर पुर्याउन गठित प्रचार प्रसार उपसमितीमा बिष्णु भट्टराईको संयोजकत्वमा सदस्यद्वय कुमार खड्का र रविन पाण्डे रहेका छन् ।

त्यस्तै १५१ जनाको समुह रहने गरि गठितत युवा परिचालन संघर्ष उपसमिती संयोजकमा आभाष रिजाल र सदस्य सचिव प्रदिप संग्रौला रहेका भने यो आन्दोलनलाई ससक्त बनाउन गठित आर्थिक ब्यवस्थापन उपसमितीमा संयोजक बिमल थापा र सदस्य सचिव जेनिथ लिम्बु संगै पूर्ण लिम्बु र डिल्ली न्यौपाने रहेका छन् ।

त्यसैगरी भ्रष्टाचार अभियानलाई ससक्त बनाउनका निमित्त हत्याक्षर संकलन अभियान उपसमिती रोहित कार्कीको सयोजकत्वमा साजन कुँवर र संकर निरौला रहने गरि गठन गरिएको छ । जुन उपसमितीले संकलित हस्ताक्षर मुख्य मन्त्रीको कार्यलय सम्म पुर्याउनका लागि कार्यक्रमहरु गर्ने छ ।

पहिलो चरणको २ दिने बिरोध कार्यक्रम संगै असार ३ गते भै रहेको आन्दोलनको समिक्षा सहित दोस्रो चरणको कार्यक्रम सार्वजनिक गरिने बताईएको छ ।

स्थानियको चाहना बिपरित मंगलबारे अस्पतालको नाम नै परिवर्तन गरेर मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा बनाउने सरकारले निर्णय गरेसंगै यसको बिरोधमा उर्लाबारी क्षेत्रका स्थानियले असन्तुष्टी ब्यक्त गर्दै बिरोध कार्यक्रमहरु गर्दै आएका छन् । केही दिनदेखी शान्तिपूर्ण बिरोध प्रदर्शन भै रहेको यस क्षेत्रमा बिभिन्न उपसमिती गठन संगै थप आन्दोलनको घोषणाले यस आन्दोलनले कुन रुप लिने हो अहिले नै भनिहाल्न सक्ने अवस्था छैन यद्यपी देश बिदेशमा रहेका यस क्षेत्रका स्थानियले सामान्य हेल्थपोष्टलाई रगत पसिना बगाएर आजको मंगलबारे अस्पताल सम्म ल्याईपुर्यादाका समयहरु स्मरण गर्दै उनिहरुले सरकारको निर्णयलाई दादागिरीको संज्ञा दिएका छन् । २०४९ सालमा स्थापना भएको मंगलबारे अस्पताल पूर्व पश्चिम राजमार्गमा रहेको अस्पताल हो जहाँ दिनहु सायौंको संख्यामा बिरामीहरु उपचारका लागि आउने गर्दछन् ।

स्थानीयहरुले प्रदेश सरकारले मंगलबारे अस्पताल स्त्तरोन्नित गरेर गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने निर्णय स्वागत योग्य रहेपनि मंगलबारे अस्पतालको पहिचान नै मेटिने गरि गर्न लागिएको नाम परिवर्तनको बिरोधमा सरकारलाई खबरदारी स्वरुप थप आन्दोलन र अभियानको घोषणा सार्वजनिक गरेका हुन् ।

TOP