Trending

आत्मिक एकताको सन्देश सहित मातृभूमिको मौलिकता बोकेको NST बनभोज (फोटो-फिचर)

शनिवार टेक्ससको Grand Prairie Loyd Park नेपालीहरुको उपस्थितीले भरिएको थियो । आफ्ना अविभावकसंग बनभोज कार्यक्रममा रमाईरहेका बालबालिका र नयाँ पुस्ता सांगीतिक र सांस्कृतिक पनमा नेपाल झल्काउँदै थिए । कोही बिभिन्न खेलिरहेका थिए, कोही नेपाली गीत र नृत्य प्रस्तुत गर्दै थिए ।

अविभावक नेपाली मौलिक बनभोजमा आ- आफ्नो भागमा परेको काम गरिरहेका थिए, कोही तरकारी काटिरहेका, कोही पकाईरहेका, कोही बनभोज स्थल सरसफाई गरिरहेका देखिन्थे । दृश्यले नेपाली ग्रामिण भेगमा विद्यमान साधारण तर आत्मिक र पृथक बनभोजको झल्को दिईरहेको थियो ।

अप्रिल १६ शनिवारको दिन थियो । विदाको दिन पारेर बनभोज गर्न सके बालबालिका तथा अमेरिकामा नै हुर्कि बढेका नयाँ पुस्ता र अविभावक स्वयंलाई सहज हुने निष्कर्ष सहित आयोजित यस बनभोजको तयारी एक महिना पहिलेबाट नै सुरु गरिएकाले नेपाली समाजका करिव १५ सय नेपालीहरुको सहभागिता रहेको थियो ।

नेपाली नयाँ बर्ष २०७९ को स्वागत तथा शुभकामना आदान-प्रदानका रुपमा आयोजित यस बनभोजमा कार्यक्रम सफल बनाउन फेसबुक मार्फत ईभेन्ट क्रेट नै गरेर उपस्थित नेपालीको अनुमानित खाका आयोजक कमिटीले तयार गरेको थियो । फेसबुक मार्फत सहभागिताका लागि ईच्छुक २ सय ६५ र उपस्थितीका लागि २ सय ७९ गरी जम्मा ५ सय ४४ जना परिवारको डाटा प्राप्त भएको थियो । एक परिवारबाट कम्तिमा ३ जनाको उपस्थिती रहने अनुमानका साथ १६ सय ३२ जनाको लक्ष्य एनएसटीले राखेको थियो । लक्ष्य अनुरुपकै हाराहारीमा १५ सय नेपाली सहभागी देखिए । यो सहभागिता संख्या अझै बढ्न सक्थ्यो तर समस्या देखियो अमेरिकी प्रहरी प्रशासन र पार्क व्यवस्थापनको कानुनत संरचना ।

बिषेशत राज्य सरकारका अधिनमा रहेका संघिय पार्कको नियम अनुसार पार्क रिर्जभ गर्दा पार्क म्यानेजमेन्ट संगको विषेश आग्रहमा ६ सय गाडीको लागि पार्कको व्यस्थापन साथै अतिरिक्त गाडी घाँसमा पार्क गर्न मिल्ने तरिकाले व्यवस्थापन गरिएको थियो । पार्क व्यवस्थापनले त्यसको संख्या कम गर्दै ५ सय ९८ कारलाई मात्र प्रवेश दिएपछि आयोजक टिमका सबै अभियन्ताले पटक पटक मेयर तथा पार्क व्यवस्थापक समितीसंग छलफलमा लागि दौडधुप गर्नु परेको थियो ।

loyd park at joe pool lake सो क्षेत्रको ठुलो पार्किङ क्षमता भएको पार्क हो, विकल्पमा रहेको ग्रेपभाईन लेक पार्क ३ महिनाका लागि बुक भै सकेकाले कार्यक्रमलाई loyd park आकर्षक र अनुकुल देखिएपछि स्थान तय गरिएको हो । तर एनएसटीको अनुमान र पार्कको क्षमता भन्दा बढि गाडी पार्क गर्नुपर्ने भएपछि एनएसटी प्रतिनिधी, पार्क व्यवस्थापन र मेयरबिच पटक पटक छलफल सहित वार्ता भएको थियो । तर अमेरिकाका यसप्रकारको बृहत सहभागिता मुलक कार्यक्रम सुरक्षा चुनौतिका दृष्टीले रोक लगाईएको जानकारी सहित पुलिस बिभाग र मेयर स्वयं त्रसिद भै दिंदा एनएसटी कानुनगत रुपमा जान बाध्य हुनु परेको थियो । जसका लागि एनएसटीले विज्ञप्ती नै जारी गरेर दुख व्यक्त समेत गरेको छ ।

निर्धारित संख्या भन्दा बढी भिड नगर्ने र साउण्ड सिस्टम प्रयोग नगर्ने पार्क व्यवस्थापनको अडानले कार्यक्रमलाई पुर्ण मनोरञ्जनात्मक र तयारी अनुरुपको बनाउन नपाएको गुनासो आयोजक छ, यस प्रति एनएसटीले नेपाली समुदाय संग माफी पनि मागेको छ । बिषयमा अध्यक्ष राजेन्द्र वाग्ले र महासचिव सन्देश उप्रेतीको नाममा जारी विज्ञप्तीमा समेत विस्तृत रुपमा जानकारी गराईएको छ । तर जति नेपाली बनभोज मनाउन उपस्थित थिए । एक दिने बनभोजमा यो उपस्थिती आफैंमा बृहत भएको र आफु र आफ्ना बालबालिकाले नयाँ उत्साहका साथ बनभोज मनाएको प्रतिकृया उपस्थितहरुले दिएका थिए ।

आयोजनाको घोषणाका समयबाट बनभोजको उदेश्य मनोरञ्जन मात्र नभई नेपाल चिनाउने अभियान जस्तो देखिन्थ्यो । जस अनुरुप बालबालिकाको लागि चम्चा दौड प्रतियोगिता, महिलाहरुका लागि घैंटो फुटाउने र तातो आलु प्रतियोगिता, युवाहरुका लागि भलिवल प्रतियोगिता लगायका खेल समेत सहभागी थिए । नेपाली बोल्न नजानेका बालबालिकाले पनि नेपाली गीत गाउँदै नृत्य गरिरहेको दृश्यले धेरै अविभावकलाई मातृभूमि र आफ्नो वाल्यकालको बनभोजको सम्झना दिलाएको अनुभव एक आपसमा साटिरहेको देखिन्थ्यो ।

जे होस् यस पटकको नेपाली समाज टेक्सासको बनभोज आपसी भाईचारा, सद्भाव र मौलिकताको प्रतिकका रुपमा रहेको थियो ।

TOP