Trending

लागूऔषध ब्राउन सुगर सहित पक्राउ

बाँके, १४ माघ ।

नेपालगंज उपमहानगरपालिका-१६ जयसपुरबाट अवैध लागूऔषध ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन् । करीब १९ ग्राम ब्राउन सुगर सहित सोही ठाउँका २६ वर्षीय अस्फान अन्सारीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

सीमा प्रहरी चौकी जयसपुर र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

TOP