नेपालमा आज १२०७ जनालाई कोरोना, थप ८ को मृत्यु

युएस खबर
काठमाडौँ, १० भदौ

नेपालमा आज शनिबार १ हजार २०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ल्याबमा गरिएका १० हजार १९ जनाको पिसिआर परीक्षणमा १ हजार २०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । योसँगै  हालसम्म नेपालमा ७१ हजार ८२१ जनामा कोरोना सँक्रमण पुष्टी भईसकेको छ ।

यस्तै आज काठमाडौं उपत्यकामा ७२४ जनामा कोरोना सँक्रमण पुष्टी भएको छ । जसमध्ये काठमाडौंमा ५८३ जना, ललितपुरमा ७८ जना र भक्तपुरमा ६३ जनामा कोरोना सँक्रमण पुष्टी भएको हो ।

त्यसैगरी डा. गौतमका अनुसार देशभर १८ हजार ३४१ जना विभिन्न आईसोलेसनमा उपचाररत छन् । यस्तै विभिन्न क्वारेन्टिनमा ६ हजार ३३१ जना रहेका छन् । पछिल्लो २४ घण्टामा एक हजार १४७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको सङ्ख्या ५३ हजार १३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमित मृतकको सङ्ख्या ४६७ पुगेको छ । मृत्यु हुनेहरुमा ८ जना नै पुरुष रहेका छन् । जसमा सप्तरीका १ जना, काठमाडौंका २ जना, भक्तपुरका १ जना, मकवानपुरका १ जना, ललितपुरका १ जना, रुपन्देहीका १ जना र कैलालीका १ जना रहेका छन् ।

TOP