Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

कोरोनाविरुद्धको खोप बनाउँदै गरेका अमेरिकी, बेलायती लगायत संस्थाहरु रुसी गुप्तचरहरुको निशानामा

विश्वब्यापी महामारी कोभिड १९ विरुद्धको खोप बनाउने प्रयासमा रहेका मुख्य राष्ट्रहरु रुसी गुप्तचरहरुले निशानामा रहेको बताईएको छ । कोरोनाविरुद्धको खोप बनाउँने प्रयासमा रहेका अमेरिकी, बेलायती तथा क्यानेडियन संस्थाहरुलाई रुसी गुप्तचरहरुले निशाना बनाइरहेको चेतावनी सुरक्षा निकायहरुले दिएका हुन् ।

बेलायतको नेशनल साइबर सेक्युरिटी सेन्टर (एन.सि.एस.सी) ले दावी गरे अनुसार ह्याकरहरुले रुसी गुप्तचर सेवाका लागि काम गरिरहेको र कोरोना भाइरसविरुद्धको खोप बनाउने अभियानका महत्वपूर्ण जनाकारी उनीहरुको निशानामा रहेको छ ।

यता रुसले भने आफू माथीको यो आरोप अस्वकार गरेको छ । रुसले आरोप अस्वीकार गरेको छ र कुनै पनि प्रकारको ह्याक नगरिएको वा त्यसको लागि ह्याकर परिचालन नगरेको दाबी गरेको छ ।

यस अघि रुसले पहिलो पटक आफुले कोरोना भाइरस विरुद्धको खोप तयार गरेको दावी गरेको थियो । इन्स्टिच्युट फर ट्रान्सलेशन मेडिसिन एन्ड बायोटेक्नोलोजीका निर्देशक वादिम तारासोवाले विश्वकै पहिलो कोरोना भाइरसको खोपको क्लिनिकल ट्रायल सफलतापूर्वक पुरा भएको बताएका थिए । उनका अनुसार मास्कोस्थित सरकारी मेडिकल युनिभर्सिटी सेचेनोफले उक्त परीक्षण गरेको हो ।

यसरी आफुले कोरोना विरुद्धको खोप तयार पारेको दावि गरेको रुसले आफैं खोप तयार पार्यो या अन्य देशहरुले गरिरहेको प्रयास ह्याक गरेर उसले महत्वपूर्ण सुचना संकलनका आधारमा खोप बनाउँदै छ त्यसमा भने शंका थपिएको छ ।

TOP