Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

राप्रपाका उमेद्वार तथा कलाकर्मी उद्धव पौडेल १ जनालाई मात्र लिएर बुद्ध एयर विराटनगर उड्यो

राप्रपाका प्रतिनिधि सभाका समानुपातिक उमेद्वार तथा कलाकर्मी उद्धव पौडेलले आज बुद्ध एयरको उडानमा एक्लो यात्रुका रुपमा उडान भरेपछि यो खबर एक रोचक प्रशंग जस्तो बन्न पुगेको छ । आज आज कार्तिक १५ गते काठमाडौंबाट बिराटनगर सम्मको बेलुकी ८ बजेको बुद्ध एयरको उडान मा पौडेल बाहेक कोही यात्रु नभएको तस्विर स्वयं आफैंले सार्वजनिक गरेपछि यो बिषय अर्को रमाईलो संजोग बन्न पुगेको छ ।

नेता पौडेल आफैंले आफुँ जाँदै गरेको स्थान र समय स्पष्ट पार्दै आफुले गरेको यो यात्रा रोमाञ्चक अनुभवको रहेको बताएका छन् । उनले भनेका छन् आज मिति २०७९०७१५ काठमाडौंबाट बिराटनगर सम्मको बेलुकी ८ बजेको बुद्ध एयरको उडान मा म एकल यात्रु रोमाञ्चक अनुभव । संगै स्माईली ईमोजी पनि राखेकाले उनले भने झैं प्लेनमा एक्लो यात्रु हुनु एक गजबै संयोग चाही हो ।

पाईलट स्वयंले पनि ुबुद्ध एअरको इतिहासमा पहिलोपटक यस्तो भएको बताएका छन् भने सम्भवतः नेपालको नागरिक उड्डयनको इतिहासमै पहिलो पटक यस प्रकारको एक्लो यात्रुको उडान भरेको हो ।

TOP