Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

टेक्सासमा गौरा पर्वको तयारी सुरु : बृहत सहभागिताको लक्ष्यमा सुदुर पश्चिमेली समाज

पछिल्लो समय अमेरिकाको टेक्ससमा सुदुर पश्चिमका नेपालीहरुको बाहुल्यता बढ्दै गै रहेको छ । संख्यात्मक बृद्धीसंगै सुदुरका नेपालीहरुले आफ्नो धर्म, संस्कृति, एकता, भाईचारा जस्ता महत्वपूर्ण विषयलाई पनि बढावा दिईरहेका छन् । यो भाषागत, भौगोलिक र आत्मिक हिसावले पनि सकारात्मक पक्ष हो ।

यसै क्रममा सुदुर पश्चिमेली समाजका टेक्ससबासीले हरेक बर्ष जस्तै यस बर्ष पनि गौरा पर्व मनाउने भएका छन् । धुमधामका साथ गौरा पर्व मनाउने लक्ष्य राखेको सुदुरका नेपालीहरुले आगामी सेप्टेम्बर ४ आईतबारका दिन टेक्सासको अर्भिङमा रहेको पशुपति नाथ तथा बुद्ध मन्दिरमा बृहत सहभागिता मुलक उपस्थितका बिच यो बर्षको गौरा पर्व मनाउने भएका हुन् ।

सुदूरपश्चिम नेपाली समाज टेक्सासका अध्यक्ष नवराज योगीका अनुसार सेप्टेम्बर ४ आईतबार बिहान ८ बजे सुरु हुने गौरा पर्व बिशेष कार्यक्रममा गौरा देविको पुजा आराधनाका लागि मात्रै ४ घण्टा समय छुट्यार्ईएको छ । सुदुर पश्चिमेली तथा गैर सुदुरका नेपालीहरुको समेत उल्लेखनिय सहभागिता रहने आँकलन गरिएको यस कार्यक्रम अन्तरगत १२ बजे गौरादेवीको पूजा अरधना गरेपछिको समय साँस्कृतिक कार्यक्रमको रहेको छ । जसमा डेउडा कार्यक्रमलाई विषेश महत्वमा राखिएको छ ।आफ्नो श्रीमानको दिर्घ र सुखी जीवनको कामना स्वरुप बस्ने यस ब्रतको सबै भन्दा अकर्षक पक्ष देउडा गायन तथा नृत्य हो ।

यस अघि पनि सुदुरपश्चिमका मुख्य पर्व विशु, माघी लगायत मनाउँदै आएको सुदूरपश्चिम नेपाली समाज टेक्सासले केही साता पहिले मेरिल्याण्ड राज्यको बाल्टिमोरमा आयोजित अन्तरराज्य भलिवल प्रतियोगिताका बिजयी खेलाडीलाई पनि सोही कार्यक्रममा गर्ने भएको थियो । जुन प्रतियोगितामा सुदुरपश्चिम नेपाली समाजका खेलाडीले प्रथम स्थान हासिल गरेका थिए ।

नेपालको सुदूरपश्चिममा मनाईने महत्वपूर्ण पर्व गौरा धार्मिक र साँस्कृतिक महत्व बोकेको पर्व हो । धार्मिक किंवदन्ती अनुसार भगवान शिवकी प्रथम पत्नी सतीदेवीले आफ्ना बुबा दक्षाप्रजापतिले गरेको हवन कुण्डमा हाम फालेर प्राण त्याग गरेपछिको पूर्नजन्मका रुपमा गौरी अर्थात पार्वतीको जन्म भएको उल्लेख भएकाले पनि यस पर्वको आध्यात्मिक महत्व पनि ठुलो रहेको छ ।

 

माता गौरीको भक्तीभावमा पुजा आरधना सहित मनाईने यस पर्व सुदुर संस्कृतिको पहिलो स्थानमा रहेको पर्व हो । त्यसकारण पछिल्लो समय मातृभुमि नेपाल बाहिर रहेका सुदुरपश्चिमेलीहरुले यस बर्ष बिभिन्न कार्यक्रमका साथ मनाउदै आएको पाईन्छ ।

पन्चमीबाट सुरु हुने गौरा यस बर्ष भदौ १८ गते अर्थात सेप्टेम्बर ३ का दिन परेको छ । विवाहिता नारीका लागि अझ विषेश मानिएको यस पर्वका दिन नारीहरुले धान लगायत पञ्च विजबाट बनेको शिव र ग्वारीको मूर्ति बनाउँदछन् र यो मुर्ती शिरमा बोकेर मंगल गान सहित विधिवत् रुपमा देवि गौरीको आराधना गर्दछन् ।

 

TOP