डब्लुएचओका महानिर्देशक डा.टेड्रोसको प्रधानमन्त्री र राष्ट्रपतिसंग भेटवार्ता
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक डा.टेड्रोस एड्हानोम गेहब्रेयसले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् । विहिबार नेपाल भ्रमणमा आएका डब्लुएचओ महानिर्देशक डा. गेहब्रेयसले प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री देउवासंग भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा महानिर्देशक गेहब्रेयस र प्रधानमन्त्री देउवा विच कोरोना भाइरस बिषयक वार्ता भएको थियो । जसमा देउवाले महामारीका समय डा. गेहब्रेयसले खेलेको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्नुका साथै सो समय डब्लुएचओले नेपाललाई खोप वितरण गरी पुर्याएको महत्वपूर्ण सहयोगप्रति कृतज्ञता व्यक्त गरेका थिए भने महानिर्देशक डा.टेड्रोसले नेपालले कोरोना भाइरस खोप आफ्ना नागरिकलाई सफलतापुर्वक लगाएकोमा खुसी व्यक्त गरेका थिए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाको निमन्त्रणामा वैशाख ८ देखि १० गतेसम्म नेपालको ३ दिने भ्रमण का लागि आएका महानिर्देशक डा.टेड्रोस नेपाल भ्रमणमा रहँदा आज नै उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेका छन् ।
डब्ल्युएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा। पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य अधिकारीहरू सहित नेपाल आएका उनले राष्ट्रपति र प्रधानमन्त्रीसंगै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग छुट्टा छुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम छ भने परराष्ट्रमन्त्री डा नारायण खड्का र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडासँग पनि भेटवार्ता हुने जनाईएको छ ।
।