Trending

एनआरएनए निर्वाचन स्थगनको रिटमाथी उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं, ८ चैत: गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को यही चैत १० र ११ गते हुने निर्वाचन स्थगीत हुने देखिएको छ । उच्च अदालत पाटनले एनआरएनए आईसीसी निर्वाचन सम्बन्धी काम तत्काल नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो ।

सङ्घको संस्थापन पक्षले एकपक्षीयरूफमा निर्वाचन गराउन लागेको आरोप सहित चिन्तामणि सापकोटा र उमेशकुमार पुडासैनीले अदालतमा रिट निवेदन दायर गरेका थिए, सोही निवेदन उपर प्रारम्भिक सुनुवाइपछि अदालतले अन्तरिम आदेश जारी गरेको हो ।

सोमवार न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको इजलासले नेपालको संविधान अनुसार स्वच्छ प्रतिस्पर्धात्मकरूपमा चुनावमा भाग लिन पाउने अधिकारबाट वञ्चित हुने आशङ्का देखिएको उल्लेख गर्दै अदालतले भोली अथार्त चैत ९ गते दुवै पक्षलाई बोलाएर छलफल गर्ने तय गरेको छ ।

यस छलफल पछि मात्र चैत १० र ११ गते गर्ने भनिएको संघको चुनाव अदालतको अर्को आदेश नआएसम्मका लागि स्थगित गरिने छ ।

 

TOP