Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

विवाह दर्तामा घूस लिने वडा सचिवविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, १६ फागुन:विवाह दर्तामा सहजीकरण गर्न सेवाग्राहीसँग घूस लिने वडासचिव अख्तियार दुरुपयोग अनसुन्धान आयोगको भ्रष्टाचार मुद्दामा परेका छन् ।

आयोगले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– ४ मा कार्यरत वडा सचिव (नायब सुब्बा) मोहम्मद सिद्दिकविरुद्ध ३ हजार रुपैयाँ घूस लिएको अभियोगमा सोमबार विशेष अदालतमा मुद्दा चलाएको हो ।

आयोगले वडासचिव सिद्दिकलाई गत पुस २ मा घूस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । राष्ट्रसेवक कर्मचारी सिद्दिकले सेवाग्राहीको विवाह दर्ता गर्ने कार्यमा आनाकानी एवं मोलाहिजा गरी घूस लिएको अभियोगमा मुद्दा चलाएको हो ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार, बिगो ३ हजार रुपैयाँ, जरिवाना, सजायको माग दावीसहित विशेष अदालतमा मुद्दा चलाएको हो ।

TOP