Trending
युएस खबर संवाददाताकाठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी युएस खबर संवाददातारुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु युएस खबर संवाददाताट्रम्पले जेडी भेन्सलाई बनाए उपराष्ट्रपतिको उम्मेदवार युएस खबर संवाददाताकाभा यू-२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ युएस खबर संवाददाताअमेरिका बस्ने बुढाथोकीको सहयोगमा क्यास एपबाट अबैध कारोबार गर्ने ५ जना पक्राउ युएस खबर संवाददाताचौंथो पटक युरोकप जितेर स्पेनले बनायो विश्व कीर्तिमान युएस खबर संवाददातानवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ युएस खबर संवाददाताकोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एक जनाको मृत्यु

संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय भविन गुरुङ रहेका छन् ।

कोशी प्रहरी प्रदेशका प्रमुख डीआइजी राजेशनाथ बास्तोलाले भविनको मृत्यु भएको पुष्टि गरे । गुरुङ हेलिकोप्टरकै कर्मचारी रहेको बताइएको छ ।

संखुवासभाको भोटखोला गाउँपालिकामा सिम्रिक एयरको हेलिकप्टर शुक्रबार दिउँसो दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएकामध्ये दुई जनालाई उपचारका लागि काठमाडौँ लगिएको डीआईजी बास्तोलाले जानकारी दिए । पाइलट सुरेन्द्र पौडेल र छिरिङ भोटेलाई काठमाडौँ ल्याएपनि अर्का सामान्य घाइते भएका विक्रम शंकरको भने खाँदबारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

TOP