राष्ट्रपति निर्वाचनमा पौडेललाई भोट हाल्ने नेकपा एसको निर्णय
काठमाडौं । नेकपा एकीकृत समाजवादीले, राष्ट्रपतिमा रामचन्द्र पौडेललाई भोट हाल्ने निर्णय गरेको छ । पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले, राष्ट्रपतिमा गठबन्धनका साझा उम्मेद्वार पौडेललाई मत हाल्ने औपचारिक निर्णय गरेको जानकारी दिए। उनले भने ‘ आजको बैठकले आठ दलका राष्ट्रपति पदका साझाउम्मेदवार रामचन्द्र पौडेल ज्यु लाई भोट हाल्ने निर्णय गरेको छ ।’आजको बैठकमा राष्ट्रपति निर्वाचनसहित मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको प्रवक्ता खतिवडाले जानकारी दिए । उनले एमालेसंग कुराकानी ढोका खुलेको पनि बताए । एमालेले राष्ट्रपतिमा सघाउन पत्र पठाएसंगै संवादको बाटो खुलेको उनको भनाई छ ।