Trending
युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित युएस खबर संवाददाताधनुषाधाम–१ को अध्यक्षमा माओवादीका केवट विजयी युएस खबर संवाददाताडालसमा तिन नेपाली संस्थाको रक्तदान कार्यक्रम, एकैदिन ११० जनाले गरे रक्तदान युएस खबर संवाददातातेघरी ब्यारेक कैलालीमा सेनाले शुरू गर्यो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम युएस खबर संवाददातानेपाल प्रहरीका ८ एसएसपी डीआईजीमा सिफारिस युएस खबर संवाददाताडालसमा आज कबवेभको लाईभ कन्सर्ट

सांसद प्रदीप यादवमाथिको कारबाही फुकुवा

काठमाडौं, १८ फागुन:जनता समाजवादी पार्टी नेपाल (जसपा) ले संसाद प्रदीप यादवमाथि गरेको कारबाही फुकुवा गरेको छ । केन्द्रीय कार्यकारी समितिको जारी बैठकले उनीमाथि यसअघि गरेको कारबाही फुकुवा गरेको हो ।

जसपाले उनीमाथि यसअघि पार्टीको आचारसंहिता विपरित गतिविधि गरेको भन्दै कारबाही गरेको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीले पठाएको मन्त्री सूचीमा आफ्नाे नाम नभएको भन्दै पार्टी अध्यक्षको विरोध प्रदर्शनसहित पुत्ला दहन गरेकाे आराेप छ । सोही कारण उनलाई पार्टीले केन्द्रीय सदस्यबाट हटाएको थियो ।

उनीमाथि पार्टीको झण्डा जलाउन संलग्न भएको आरोप समेत छ । यद्यपि, सांसद यादवले भने आरोप अस्वीकार गरेका छन् ।

TOP