मकवानपुरमा चुनाव विथोल्न खोज्ने सातजना पक्राउ

मकवानपुर प्रहरीले निर्वाचन बिथोल्न खोजेको भन्दै हेटौँडाबाट सातजनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने सातैजना नेकपा बहुमतका नेताहरु रहेको प्रहरीले जनाएको छ । प्रहरीले नेकपा बहुमतका मकवानपुर इन्चार्ज ४१ वर्षीय रबि खड्कासहित ७ जनालाई पक्राउ गरेको हो ।

निर्वाचन विरोधी गतिविधि गर्न खोजेको आरोपमा उनिहरुलाई हेटौंडा १० बसपार्कबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा इन्चार्ज खड्कासहित नेकपा बहमुतका जिल्ला संयोजक हेटौंडा(१५ का ४८ वर्षीय शक्ति मगर, सचिवालय सदस्य बागमती(४ का ५१ वर्षीय लिला माझी, जिल्ला सदस्य हेटौंडा(१० बस्ने ४३ वर्षीय अजय गहतराज, हेटौंडा(११ बस्ने ३५ वर्षीय विकास लामा, वागमती(८ बस्ने ५० वर्षीय अनिल सिङ्तान र हेटौंडा८ बस्ने ३० वर्षीय वसन्त लामा रहेका छन् ।

 

TOP