Trending
युएस खबर संवाददाताममताको मुद्धाको अन्तिम फैसलाको छलफल डिसेम्वर ९ देखि सुरु हुने युएस खबर संवाददातासरकारसँग ज्ञानेन्द्र शाहीको माग : जुम्लाको स्याउलाई बजार दिइयोस् युएस खबर संवाददाताअमेरिका भ्रमणबारे प्रधानमन्त्री ओली भन्छन्: नेपालको शिर ढल्नेगरी कुनै पनि काम गर्दिनँ युएस खबर संवाददाता‘बाबिन्का’आँधीका कारण सांघाईको जनजीवन प्रभावित युएस खबर संवाददाताराष्ट्रपतिद्वारा संसद्‌को चालु अधिवेशन अन्त्य युएस खबर संवाददाताअमेरिकाको एक विद्यालयबाट भागेका ८ वर्षीय बालक पोखरीमा मृत फेला युएस खबर संवाददातासहकारी ठगि प्रकरण: रवि लामिछाने दोषी ठहर युएस खबर संवाददातानारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

रामेछापमा ईरा आचार्य स्मृति छात्रवृति वितरण कार्यक्रम सम्पन्न

डेभलपमेन्ट फर पिस इन्टरनेसनलले नेपालका भुकम्पपिडित, बाढीपिडित, सुस्त मनस्थितिका बाल-बालिकाहरु, अनाथ तथा आर्थिक रुपमा कमजोर बिद्यार्थीहरु तथा समाजमा पछाडी परेका महिलाहरुलाई सन् २००७ देखि निरन्तर रुपमा सहयोग गर्दै आएको छ । अमेरिकामा गैरनाफामुलक संस्थाको रुपमा दर्ता भएको यस संस्थाको केन्द्रिय कार्यालय टेक्सास राज्यको डालस-फोर्ट वर्थको हर्स्ट शहरमा छ ।

यस संस्थाले अमेरिका तथा नेपाललाई कार्यक्षेत्र बनाई सन् २००६ देखि सन् २०१९ सम्म जीवनपर्यन्त अनवरत समाजसेवामा जुटेकी अग्रणी समाजसेवी ईरा आचार्यको स्मृतिमा नेपालका काभ्रेपलान्चोक, रामेछाप, रसुवा तथा नुवाकोट जिल्लाहरुका एक एक स्कुलमा “ईरा आचार्य स्मृति अक्षय छात्रवृति कोष स्थापना गरि कोषको ब्याज रकमबाट आर्थिक रुपमा कमजोर मेधावी बिद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्ने कार्य गर्दै आइरहेको छ ।

गत नोभेम्बर १९ , २०२१ मा ईरा आचार्य स्मृति अक्षय छात्रवृति कोषले काभ्रेपलान्चोकको पाँचखाल, खरेलथोक स्थित भगवती उच्च माध्यमिक बिद्यालयमा सन् २०२० मा स्थापित कोषबाट प्राप्त ब्याज रकमबाट पहिलो ईरा आचार्य स्मृति छात्रवृति वितरण गरेको थियो । उक्त छात्रवृति ९ देखि १२ कक्षामा अध्ययनरत १२ बिद्यार्थीहरु निरुता तामांग, संजिता तामांग, स्मृती तामांग, अनिता लामा, मल्लिका मगर, निश्मा तामांग, भवानी श्रेष्ठ, सिर्जना वाइवा, आशिक श्रेष्ठ,, फ़ुर्साङ्ग तामांग, राजीव तामांग, शंखराम लामाले पाएका थिए | बिद्यालयले विद्यार्थीको राम्रो शैक्षिक उपलब्धि, कमजोर पारिवारिक आर्थिक स्थिति तथा राम्रो अनुशासन पालनालाई आधार बनाई छात्रवृतिको लागि चयन गरेको थियो ।

ईरा आचार्य स्मृति अक्षय कोषले आफ्नो दोश्रो छात्रवृति हालसालै (जनवरी ५, २०२२) रामेछाप जिल्लाको सप्तलिंगेस्वर माध्यमिक बिद्यालय, गुन्सी, सुनापति-१ मा अध्ययनरत चार जना बिद्यार्थीहरुलाई प्रदान गर्यो । विद्यालयले शैक्षिक, आर्थिक तथा पारिवारिक स्थितिको आधारमा ती बिद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्न सिफारिस गरेको थियो । छात्रवृति पाउनेहरुमा कुसुम घिसिङ्ग (कक्षा ७), नकुल गौतम (कक्षा ९), अस्मिता राय (कक्षा ९), उशब चौलागाई (कक्षा १०) छन् । सन् २०२१ मा उक्त बिद्यालयमा ईरा आचार्य स्मृति अक्षय छात्रवृति कोष स्थापना गरिएको थियो । यो छात्रवृति स्थापित अक्षय कोषबाट प्राप्त ब्याज रकमबाट प्रदान गरिएको थियो ।

बिद्यालयको ६५ औँ बार्षिकोत्सव एवं अभिभावक मिलन समारोह संगै ईरा आचार्य स्मृति छात्रवृति वितरण कार्यक्रम संचालन भएको थियो । समारोहमा प्रधानाध्यापक एकनाथ चौलागाईं लगायत अन्य शिक्षकहरु तथा छात्रवृति पाउने बिद्यार्थीहरुले छात्रवृतिको महत्व र त्यसले प्रदान गरेको हौसलाको बारेमा चर्चा गरेका थिए । उक्त समारोहमा डेभलपमेन्ट फर पिस इन्टरनेसनलका तर्फबाट संस्थाका नेपाल प्रतिनिधि मणि चौलागाईंले भाग लिनु भएको थियो ।

रामेछापमा भएको उक्त छात्रवृति वितरण कार्यक्रमको बारेमा डालस बाट आफ्नो मन्तब्य प्रकट गर्नु हुँदै डेभलपमेन्ट फर पिस इन्टरनेसनलका अध्यक्ष दीपक खरेलले भन्नु भयो  यस्ता सहयोगका कार्यक्रमहरु नेपालका ग्रामिण क्षेत्रका बिद्यार्थीहरुको लागि एकदमै फलदायी पाइएको छ ।

TOP