Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

नेपालको ऋण २१ खर्ब ७३ अर्ब नाघ्यो, ९ महिनामा १ खर्ब २३ अर्ब रुपैयाँ साँवा र ब्याज भुक्तानी

नेपालको सार्वजनिक ऋण बढेर २१ खर्ब ७३ अर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चैत मसान्तसम्म नेपालले विभिन्न देश र दातृ निकायलाई तिर्नुपर्ने ऋण २१ खर्ब ७३ अर्ब रुपैयाँ नाघेको हो ।

चालु आर्थिक वर्षको साउनदेखि चैतसम्मको नौ महिनामा नेपालले एक खर्ब ६० अर्ब रुपैयाँ ऋण लिएको छ । यसमध्ये एक खर्ब पाँच अर्ब रुपैयाँ आन्तरिक ऋण र ५४ अर्ब ६८ करोड रुपैयाँ वैदेशिक ऋण रहेको छ ।

यस्तै सरकारले चालु आर्थिक वर्षको नौ महिनामा ऋणको साँवा र ब्याज गरेर एक खर्ब २३ अर्ब रुपैयाँ भुक्तानी गरेको छ । सरकारले आन्तरिक ऋणको साँवा फिर्ता र ब्याज तिर्न चैत मसान्तसम्म एक खर्ब दुई अर्ब रुपैयाँ र वैदेशिक ऋणको साँवा फिर्ता र ब्याज तिर्न २१ अर्ब ३६ करोड रुपैयाँ खर्च गरेको छ ।

TOP