Trending
युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट युएस खबर संवाददाताकाभा महिला च्याम्पियनसिपमा नेपाल आज श्रीलंकासँग पहिलो खेल खेल्दै युएस खबर संवाददातावर्षाले राष्ट्रिय सभागृह जलमग्न युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण युएस खबर संवाददाताकाठमाण्डौ महानगरले न्युरोडमा फुटपाथ विस्तारको काम अघि बढायो युएस खबर संवाददाताओमानको समुद्रमा तेल ट्यांकर पल्टिँदा १३ भारतीयसहित १६ जना बेपत्ता

सहकारीको नाममा ठगी बढ्योः सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले सहकारीको नाममा ठगी गर्ने प्रवृति बढेको बताउँदै नियन्त्रणका लागि आवश्यक कदम चालिनु पर्ने बताएका छन् । बुधबार नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कूनले गरेको सहकारीको व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठीमा उनले सहकारीको नाममा ठगी गर्ने प्रवृति बढिरहेको बताउँदै सरकारले यसको अनुगमन गरी समाधान गर्न आवश्यक रहेको बताए ।

उनले भने,‘पछिल्लो समय सहकारीको नाममा ठगी गर्ने प्रवृति बढेको छ । यस्ता कार्यलाई नियन्त्रण गर्न आवश्यक छ । सरकारले यसको अनुगमन गर्नुप¥यो । देखा परेका समस्या समयमै समाधान गर्न भूमिका खल्नु प¥यो ।’

उनले ७ खर्बभन्दा बढी पुँजी परिचालन भएको सहकारी क्षेत्रलाई नियमन गर्न छुट्टै ऐन निमार्ण गर्न जरुरी रहेको पनि बताए । कार्यक्रममा उनले सहकारीको समस्या समाधान गर्न सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

TOP