Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

हामी अनेक मा नै ‘एक’ र एकतामा पनि ‘पृथक’ छौं – सुवेदी

बिभिन्न शिलशिलामा अमेरिकामा रहेका हामी नेपालीहरु भौगोलिक रुपमा भिन्न–भिन्न राज्यमा रहेका छौं। धरातलिय रुपमा
हामी फरक–फरक स्थानमा रहेपनि आपसी आत्मियता, भातृत्व भाव, संस्कार, संस्कृति लगायतका माध्यमबाट हामी एकै
परिवारको हैसियतमा पनि छौं। गैर आवासिय नेपाली संघ अमेरिकाको नेतृत्व पदमा भएकाले पनि म बाट अमेरिकामा रहेका नेपालीहरुले विवाद रहित, पारदर्शी, गौरवशाली र एकतावद्ध एनआरएनएको अपेक्षा गर्नु भएको छ भन्ने म जान्दछु। तसर्थ कहिले काही“ आउने विवादलाई पनि मैले सकारात्मक रुपमा लिएको छु र यो कुरा हामी सबैले आत्मसाथ गर्नु जरुरी पनि छ ।

मातृभूमि नेपालबाट कोशौं टाढा रहेका हामी प्रवासी नेपाली मध्य कोही अमेरिकी नागरिकको हैसियतमा छौं, कोही ग्रीनकार्ड प्राप्त र धेरै बिद्यार्थी पनि छौं । हाम्रा पेशा, व्यवसाय र योग्यता अनुसार हाम्रा सिदान्त, विचार, धारणा बिचमा पनि मत–मतान्तर छ । किनकी हाम्रा समस्या पनि फरक छन्। समस्या फरक–फरक भएपछि आवाज पनि बिभिन्न रुपमा आउ“छ, यो समान्य कुरा हो। यिनै भिन्न भिन्न विचार र समस्यालाई संबोधन गर्नका निम्ति नै एनआरएनए स्थापना भएको हो। सकारात्मक दृष्टीले बुझ्दा हामी अनेक मा नै ‘एक’ र एकतामा पनि ‘पृथक’ छौं।

जुलाई ३ र ४ तारिकका दिन नर्थ क्यारोलिनामा संघको ११ औं साधारण सभा तथा ज्ञान सम्मेलन हुदैछ । विचमा केही असन्तुष्टी जस्तो देखिएपनि संघ र नेपालीका सवालमा हामी सबै एक ढिक्का भएर अघि बढ्न सक्छौं भन्ने उदाहरण पनि हो नर्थ क्यारोलिना
एजिएम । किनकी हामी सबै सामाजिक अभियन्ता हौं, पद एक औपचारिक प्रकृया मात्र हो, बाकी त हामी सबै समाज सेवाका लागि फराकिलो हृदय बोकेर अघि बढेका अभियन्ता नै हौं। पद निर्वाचन पछि फेरिन्छ तर अभियान र अभियानकर्मीको महत्व एकनास रहन्छ, तसर्थ हाम्रा विवादलाई न्यूनिकरण गर्दै हामी समान एकताको सुत्रमा बाधिनु छ । नर्थ क्यारोलिना एजिएम तथा ज्ञान भेला सफल रुपमा सम्पन्न गर्नका निम्ती महत्वपूर्ण योगदान पुर्याउनु हुने, कार्यसमिती सहितका सम्पूर्ण अभियन्ता, उपस्थित विज्ञहरु, संचारकर्मी तथा अमेरिकाका सबै राज्यमा रहनु भएका नेपालीहरुप्रति कृतज्ञ छु।

यस पटकको विज्ञ सहितको एजिएमले सबैका चाहना, भावना, समस्या, ज्ञान, सिप र अवस्थालाई संबोधन गर्न सकोस्
कार्यक्रमको सफलता र गैर आवासिय अमेरिकाबासी सम्पुर्ण नेपालीलाई शुभकामना

बुद्धी सागर सुवेदी
अध्यक्ष (गैर अवासिय नेपाली संघ अमेरिका)

TOP