Trending
युएस खबर संवाददाताअरुणिमा लम्साल अभिनित ‘घर बट इन अमेरिका’को टिजर सार्वजनिक युएस खबर संवाददातारवि लामिछानेविरूद्ध पोखरामा सहकारी पीडितको नाराबाजी युएस खबर संवाददाताझगडाको क्रममा गोली चल्दा अमेरिकाको मेरिल्याण्डमा एक विद्यार्थीको मृत्यु युएस खबर संवाददाताअमेरिकामा हत्या गरिएकी नेपाली विद्यार्थी मुनाको अन्त्येष्टि युएस खबर संवाददातालिग २ खेल्न क्यानडा जाने नेपाली टोलीको बिदाइ युएस खबर संवाददाताक्यानडा र ओमानविरूद्ध भिड्ने नेपाली टोलीमा दुई खेलाडीको पुनरागमन युएस खबर संवाददातासामूहिक हत्या मुद्दा चलाउन शेख हसिनालाई स्वदेश फर्काउने तयारी युएस खबर संवाददातागंगालालमा राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण सुरु

गृहमन्त्रीको निर्देशनमा काभ्रे सडक दुर्घटना अनुसन्धानका लागि छानविन समिति गठन

गृहमन्त्री बालकृष्ण खाणले काभ्रे दुर्घटनाको अनुसन्धानका लागि निर्देशन दिएका छन् । आज दिउँसो ५ जनाको मृत्यु हुनुका साथै १८ जना घाईते हुनेगरी काभ्रेपलान्चोकको रोशी गाउँपालिका–११ स्थित बिपी राजमार्गमा भएको सवारी दुर्घटनाको अनुसन्धानका लागि गृहमन्त्री खाँडले अनुसन्धानका लगि निर्देशन दिएका हुन् ।

मन्त्री खाँडले काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई टेलिफोन गरेर घटनाबारे अनुसन्धानका लागि छानबिन समिति गठन गर्न निर्देशन दिएका हुन् ।

गृहमन्त्रीको निर्देशन लगत्तै काभ्रेका प्रमुख जिल्ला अधिकारी पाण्डेले प्रहरी नायब उपरीक्षक (डिएसपी) हरि खतिवडाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत र प्रहरी निरीक्षक सदस्य गरी तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

काभ्रेपलान्चोकको रोशी गाउँपालिका–११ स्थित बिपी राजमार्गमा आज दिउँसो भारतिय र नेपाली दुई गाडी आपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो । भारतीय तीर्थयात्री लिएर काठमाडौँबाट भारततर्फ जाँदै गरेको युपी ५८ टी ८१८१ नम्बरको फोर्स गाडी र सिन्धुलीबाट काठमाडौँतर्फ आउँदै गरेको ना १ ज ४२१० नम्बरको टाटा सुमो आपसमा ठक्कर खाँदा टाटा सुमोमा सवार पाँच जनाको मृत्यु भएको भने दुई बसका गरी ठुलो संख्यामा यात्रु घाईते भएका हुन् ।

दुर्घटनामा ज्यान गुमाउनेहरुको सनाखत भै सकेको छ । मृत्यु हुनेमा सिन्धुली कमलामाई नगरपालिका–७ का ३० बर्षिय विक्रम श्रेष्ठ, सोही नगरपालिका–४ का ४५ बर्षिय हरिबहादुर बल, सुनकोशी गाउँपालिका–१ का ४४ बर्षिया प्रमीला नेपाली, रामेछाप खाँडादेवी गाउँपालिका–८ का ३० बर्षिया सम्झना भुसाल र उनका ६ बर्षिय छोरा सङ्गीत भुसाल रहेको काभ्रे प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाईते भएका १८ जनाको धुलिखेल अस्पतालमा उपचार र दुवै गाडी नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

TOP