Trending

चिनद्वारा नेपाललाई २० लाख सिरिन्ज हस्तान्तरण – महामारीविरुद्धको लडाइँमा सधैं साथ दिने प्रतिवद्धता

नेपाललाई चीन सरकारले उपलब्ध गराएको २० लाख सिरिन्ज आज काठमाडौँ आइपुगेको छ । नेपाल सरकारलाई अनुदान स्वरूप उपलब्ध गराएको २० लाख सिरिन्ज आजै नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो ।

मित्रराष्ट्र नेपाललाई सहयोग गर्न सधैं तयार रहेको प्रतिवद्धता सहित नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सामाजिक संजाल ट्वीटरमा गर्दै चिनियाँ दूतावासले नेपाललाई दिएको २० लाख सिरिन्ज आज हस्तान्तरण भएको जानकारी दिएकी हुन् ।

उक्त सिरिन्ज महामारीविरुद्धको लडाइँमा नेपाललाई साथ दिन चीन सधैँ प्रतिबद्ध रहेको दूतावासले जनाएको छ ।

नेपालसँगको निकटता कायम राख्दै आफ्नो क्षमताअनुसार महामारीविरुद्धको लडाइँमा सधैँ सहयोग गर्न तयार रहेको जनाएको दुतावासकी राजदूत होउ यान्छीले आफ्नो मित्रराष्ट्र नेपाललाई सहयोग गर्न सधैं तयार रहेको समेत बताएकी छन् । ।

TOP